Skip to content

rajlama

नेपालीको चिनारी !!

नेपालीलाई चिनाउने, सगरमाथा हिमाली
गर्छौ सलाम तिमीलाई, हामी सबै नेपाली

झरना पहाड नदीनाला, सुसाउने सुस्केर
राष्टको गहन हो यो, राख्नु पर्छ सम्हाली

जब तिम्रो यादको फूल फूल्यो मनमा !

जब तिम्रो यादको फूल फूल्यो मनमा
तब उही दिन उही रात खेल्यो मनमा

बिददैना यो दिनपनि न’बित्छ यो रात
बस तिम्रै मिठो यादहरु झेल्यो मनमा

मन्दमन्द हावा संगै उड्न मन लाग्छ

गर्नु गर्र्यौ दैव तिम्ले टुलुटुलु हेरेर

गर्नु गर्र्यौ दैव तिम्ले टुलुटुलु हेरेर
मैले आँशु पिउँदा’स्वाद’तिम्ले फेरेर

जुटाउने र छुटाउने तिम्रै काम रैछ
भन्’के’पायौ तिम्ले कर्ममेरो फोरेर

उसको निम्ति तिमी हाँसे पनि !

उसको निम्ति तिमी हाँसे पनि
म, त् तिम्रै निम्ति हाँस्ने छु
अरुकै निम्ति तिमी बाँचे पनि
म त् तिम्रै निम्ति बाँच्ने छु ..

मेरो जीवन उराठ्ले छाए पनि
तिम्रो जीवन बहरले छाओस्
मैलेदेको माया कुवासरि सुके पनि
उसलेदेको माया सागरसरि होस्

मैले के गरूँ र !

हराउछ त् तिमीभित्रै मेरो मन मैले के गरूँ र
भएको छु तिमीबिना’एक्लो पन मैले के गरूँ र

तिम्रो यादबिना बित्दैन यो,मेरो कुनै दिनहरु
तिम्लाई सम्झी पागलहुन्छ,तन मैले के गरूँ र

तिम्ले दुखाएर गए पनि योछाती !

तिम्ले दुखाएर गए पनि योछाती
भन्दिन म तिम्लाई रैछ्यौ नजाती

साथी-साथिनै हुन्छ,जति रुवाएपनि
भन्न हुँदैन उसलाई,रहेछ कूजाती

जे’भन्दा पनि हुन्छ,बरु पुग्दो भन्नु

एक्लो हुँदा बनको कोइलीले बिरह नगाईदिए

एक्लो हुँदा वनको कोइलीले बिरह नगाइदिए
बग्दैनथ्यो कि यो आँसु उनी पराई नभइदिए

कस्तो हुन्थ्यो हो कुन्नि, यो जिन्दगीको रंगहरू
ओइलिएको माया फूलहरू, फेरि फक्रेर आइदिए

गजल: ढुंगा हो कि मुटु हो..?

ढुंगा हो कि मुटु हो,तिम्रो छातीभित्रको
बुझ्न मैले सकिन है,मेरो साथीमित्रको

टेकी गयौ छातीमाथि,सिंडीसम्झी मलाई
रहेन छ साथी तिम्रो,मनचोखो पवित्राको

रुप राम्री मान्छे राम्री,साह्रै सुन्दरी तिमी

आँखा जुद्धा नजरहरू झुकाएर गयौ !

आँखा जुद्धा नजरहरू झुकाएर गयौ
केके थियो मनमाकुरा लुकाएर गयौ ।

कल्पनामा पिरतीको माला उनेको थेँ …
यथार्थमा गाँठो त्यसको फुकाएर गयौ ।

बादलका आकृतिमा तस्वीर तिम्रो खोज्थेँ

गजल :डरलाग्छ मलाई छेउमा बस्न न आउ है !!

डरलाग्छ मलाई छेउमा बस्न न आउ है !!
प्रीतको नजरले मलाई ढस्न न आउ है !!

पिरती केहो माया केहो,थाहा छैन मलाई !
बिन्ती गर्छु प्रेमको गाँठो,कस्न न आउ है !!

किन यसरि एकोह्रो,हुन्छ यो मन !!

किन यसरि एकोह्रो,हुन्छ यो मन !!
भयो पनि अबकति,रुन्छ यो मन !!

सम्झीनेलाई पर-पर,सँधै बाई बाई !
न सम्झिनेलाई टप्पा,चुन्छ योमन !!

कुनै जवाफ छैन हजुर,मसँग यसको !
कसै-कसैले किन यसरि,छुन्छ योमन !!

जोडी बनेर भेट्न,आउदा गरें नमस्कार !!

थाहै नपाई रेट्न, आउँदा गरें नमस्कार !!
जोडी बनेर भेट्न, आउँदा गरें नमस्कार !!

ओठले मुस्कान छर्दै, मधुर त्यो बोलीले !
निर्दोस मुटु क्षेंटन, आउँदा गरें नमस्कार !!

नबोलेरै टाढा भयो हात तान्दै पराइको !!

नबोलेरै टाढा भयो हात तान्दै पराइको !!
लत्याई मेरो माया मिठो मान्दै पराइको !!

मेरो भन्दा उसकै मुहार,सुन्दर लाग्यो रे !
घृणा गारेर मलाई राम्रो,भान्दै पराइको !!

DeshLama

परेली ले छोपें मायालु तिमीलाई !!

परेलीले छोपें मायालु तिमीलाई !!
कलेजीमा खोपें मायालु तिमीलाई !!

मुटुको साथमा मुटुसँगै जोडी सँधै !
यो छातीले छोपें मायालु तिमीलाई !!

मेरो सासमा मेरो अंग अंगमा राखी !
यो रगतमा चोपें मायालु तिमीलाई !!

छाती मुटु छाडेर अन्तै मन चर्न थालेको छ !!

छाती मुटु छाडेर अन्तै मन चर्न थालेको छ !!
खोज्दै निहुँ मलाई दीग दर पर्न थालेको छ !!

प्रिय तिम्रो ख्याल राख्छ, हरपल यो मनले !
मलाई भन्दा धेरैमाया तिम्लाई गर्न थालेको छ !!

संघर्षको अंगालोमा, बाँची राख जिन्दगी !!

संघर्षको अंगालोमा, बाँची राख जिन्दगी !!
सुख-दुःख यस्तैरहेछा, हाँसी राख जिन्दगी !!

सृजनाको चौतारीमा, असन्तुष्टि थुप्र्याएर !
अतृप्तताको छहारीमा, बासी राख जिन्दगी !!

जे पर्र्यो पर्र्यो माया त् चोर्नु पर्छा हजुर !!

जे पर्र्यो पर्र्यो माया त् चोर्नु पर्छा हजुर !!
स्वीकारेर चोरिडन्डा ब्योर्नु पर्छा हजुर !!

सोचे जस्तो,खोजे,जस्तो, पाउन लाई त् !
छिचोल्न नसक्ने पाह्रनि,फोर्नु पर्छा हजुर !

पिउदखेरी मैले !!

छेउ कुन टेकी हिंडें,पिउदखेरी मैले !!
पैला हरु लार्खारौदै,जिउदखेरी मैले !!

आँशु पनि बगाएँ,सास पनि रुकाएँ !
तिमी सँग बिछोड,लिउदखेरी मैले !!

बोत्तोल समाउदै,नसामा दुनियाँ हेरें !