नेपालीलाई चिनाउने, सगरमाथा हिमाली
गर्छौ सलाम तिमीलाई, हामी सबै नेपाली
झरना पहाड नदीनाला, सुसाउने सुस्केर
राष्टको गहन हो यो, राख्नु पर्छ सम्हाली
मेटेर मेटिदैन कसैले, नेपाली नाउ हाम्रो
रगतले लेखेको छ, बहादुर यो गोर्खाली
ढाका टोपी शिरमा छ, बदनमा पटुकी यो
कम्मरमा खुकुरी छ, नेपाली को चिनारी
देशको लागि ज्यान, बलिदान नै दिउला
जरुरत परे सझाउल, ढुङ्गा कै सिरानी
बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल साउदी हाईल
