Skip to content

आफ्नै मान्छे यहाँ,ढुङ्गा परेको देखें !

आफ्नै मान्छे यहाँ,ढुङ्गा परेको देखें
दुःखमा साथ् छोडी,टाढा सरेको देखें

ओ,हो चोट परेछ नि,बरै भनि भनि
मौकाहेरी त्यै’घाऊमा,नून छरेको देखें

छुरा पो बरु उत्तिधार,देखिन है.. मैले
जति धार बचन आफ्नैले गरेको देखें

मन’फाट्ने छुवाछुत,रच्ने आफ्नै मान्छे
काडा’जस्तो उभिएर,बाटोमा बसेको देखें

चिल्लो बोलि घस्दै, ओठको हाँसो छर्दै
गोवान ले ठुँगे जस्तै,बिष भरेको देखें

बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *