Skip to content

rrh gang

युद्ध

आफूलाई कहिले
आँखा बन्द गरेको अवस्थाको अन्धकार
अनि सुन्यतामा पाउँछु,
कहिले
मन भित्रको एकान्तता
अनि सालीनता व्यग्रतामा पाउँछु,

सम्बन्ध

सोचको गहिराइमा छलांग मारे
उज्यालोमा, अन्धकारमा
आफ्नोपनमा, बिरानोमा
होशमा, बेहोसीमा
यत्रतत्र सर्बत्र कुनै ठाउँ बाँकी नराखी
सहरको भीडभाड, ठेलमठेल, कोलाहाल र प्रतिस्पर्धादेखि
गाउको एकान्त, निश्चलता र सुन्दरतासम्म
तर मैले जानिन या तिमीले बुझेनौ

तिमीलाई किन पाइन

सबै मलाई पागल भन्छन किन थाहा छैन
धेरै माया गर्थे मैले तिमीलाई किन पाइन
भन्छन प्रेम अन्धो हुन्छ सायद ठिकै होला
अन्धकारमै प्रेम गरेछु तिमीले गरेउ झेल्ला

बिरामीझैँ हुन्थे म त नदेख्तामा तिमीलाई
कस्तो जोडी भन्थे सबले संगै हिड्दा हामीलाई
कस्तो खेल खेलेउ दैब मेरो जीवन माथि
सस्तो रक्सि बनिदियो मेरो जीवनसाथी

के के गर्ने सोच थियो लगनगाठो कसी
कस्तो भए हेर आज नशा माझ फसी
कुनै नशा लिन्नथे म हाम्रो माया सम्झिएर
नशामानै लट्ठ हुन्छु वियोगमा कल्पियेरा

पराईको संगी बनि किन गयौ टाढा
च्वास्च्वास् मुटु दुख्छ बिझाईदियौ काढा
झुठो प्रेम को रंगमंचमा नाटक गर्न छाड

मेरो आन्तिम उपहार

यो संसारमा आज म बेहोसीमा बाँचिरहेछु
मानिसहरुको भिडको माज बिबश भै हाँसिरहेछु
तिम्रो बिहेको जमघटमा बेतालमा नाचिरहेछु
तिमीलाई दिन उपहार भनि फूलका माला गाँसिरहेछु

मेरा यी फुलका माला उपहार सम्झी लाउनु तिमी
मैले गाएका प्रेमका गीत आर्कैसँग गाउनु तिमी
छोडी मलाई टाढा जानछौ भेट्ने छैनौ कहिले हामी
सदाको लागि सुत्छु जब मलामी बनी आउनु तिमी