Skip to content

मेरो आन्तिम उपहार


यो संसारमा आज म बेहोसीमा बाँचिरहेछु
मानिसहरुको भिडको माज बिबश भै हाँसिरहेछु
तिम्रो बिहेको जमघटमा बेतालमा नाचिरहेछु
तिमीलाई दिन उपहार भनि फूलका माला गाँसिरहेछु

मेरा यी फुलका माला उपहार सम्झी लाउनु तिमी
मैले गाएका प्रेमका गीत आर्कैसँग गाउनु तिमी
छोडी मलाई टाढा जानछौ भेट्ने छैनौ कहिले हामी
सदाको लागि सुत्छु जब मलामी बनी आउनु तिमी

जब तिमीले सिन्दुर हल्यौ नसासँगै मात्तिएछु
गलामा तिम्रो पोते देख्दा आफैँसँग आत्तिएछु
डोली चडी तिमी जादा आफु एक्लै आड्किएछु
अरु केही याद भएन खै कता पो भड्किएछु

सधैभरि खुशी रहनु यही तिमीलाई आशिष दिए
धेरैपछि आज फेरि मैले धेरै रक्सी पिए
हेर आज कस्तो भए पहिले सोच कस्तो थिए
आज तिम्रा तस्बिर सबै जलाई दिए मैले प्रिय !

जलाई दिए मैले प्रिय ………

Leave a Reply

Your email address will not be published. Required fields are marked *