Skip to content

सम्बन्ध


सोचको गहिराइमा छलांग मारे
उज्यालोमा, अन्धकारमा
आफ्नोपनमा, बिरानोमा
होशमा, बेहोसीमा
यत्रतत्र सर्बत्र कुनै ठाउँ बाँकी नराखी
सहरको भीडभाड, ठेलमठेल, कोलाहाल र प्रतिस्पर्धादेखि
गाउको एकान्त, निश्चलता र सुन्दरतासम्म
तर मैले जानिन या तिमीले बुझेनौ
म कालोलाई सेतो भन्न सक्दिन
तिमीसँगै तिम्रै तालमा नाच्न र झुम्न सक्दिन
म यस्तै छु, किनकि मात्र
मात्र मलाई थाहा छ कि
तिमी तिमी हौ
म म हु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *