Skip to content

तिमीलाई किन पाइन

सबै मलाई पागल भन्छन किन थाहा छैन
धेरै माया गर्थे मैले तिमीलाई किन पाइन
भन्छन प्रेम अन्धो हुन्छ सायद ठिकै होला
अन्धकारमै प्रेम गरेछु तिमीले गरेउ झेल्ला

बिरामीझैँ हुन्थे म त नदेख्तामा तिमीलाई
कस्तो जोडी भन्थे सबले संगै हिड्दा हामीलाई
कस्तो खेल खेलेउ दैब मेरो जीवन माथि
सस्तो रक्सि बनिदियो मेरो जीवनसाथी

के के गर्ने सोच थियो लगनगाठो कसी
कस्तो भए हेर आज नशा माझ फसी
कुनै नशा लिन्नथे म हाम्रो माया सम्झिएर
नशामानै लट्ठ हुन्छु वियोगमा कल्पियेरा

पराईको संगी बनि किन गयौ टाढा
च्वास्च्वास् मुटु दुख्छ बिझाईदियौ काढा
झुठो प्रेम को रंगमंचमा नाटक गर्न छाड
म पनि त जान्छु अब संसार छोडी टाढा
संसार छोडी टाढा ।।

1 thought on “तिमीलाई किन पाइन”

  1. तर आहिले बास्तबिकता फरक छ
    यो लगभग ४ – ५ वर्ष अगाढीको कुरा हो …
    अहिले सोच तथा विचारमा परिवर्तन,परिपक्कता आएको छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *