डा. विमल कोइराला
ग्रन्थ सूचि
अनुसन्धानको सिलसिलामा
पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी
आफूभित्र हराएर
बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ,
उसले तयार पारेको सूचिभित्र
सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग
आफै टोल्हाएर
चुपचाप बसेकाछन्, त्यो
ग्रन्थ सूचीमा
विज्ञान छ-जसको शीर्षक “आधारशीलाको अभाव” छ
दर्शन-जसको शीर्षक “विश्वासको संकट” छ
वातावरण- जसको शीर्षक “एकदमै बिग्रँदो स्थिति” छ
राजनीति-जसको शीर्षक “हराएको क्षेत्र” छ
मानवता-जसको शीर्षक “पलायन” छ
जनसंख्या- जसको शीर्षक “राष्ट्रीयताको प्रश्न” छ
अर्थतन्त्र- जसको शीर्षक “संकट भित्रको संकट” छ
