एउटा भिन्नै ब्रित्तको खोजीमा

  • by

रन्थनिएर ईलाका, बस्ती र गाउँ
भौतारिएर शहर, देश र परदेश
टुक्र्याएर आफुलाई चौटा चौटामा
के खोज्दै छौं हामी ?

हाम्रो बिपन्नताको बिकल्प होइन रगत
हाम्रो पछौटेपनको उपचार होइन घ्रीडा
मायामा उनिएर खुशीका फुलहरुको
सप्तरङी माला लगाएर खुशी हुनेहरुका निम्ति
हुन सक्तैन बन्दूक – जन्म दिनको उपहार ।

के को खोजीमा छौं हामी
के पायौँ कती गुमायौँ
के लेखा दुरुस्त छ हामीसँग – गुमेका श्रीजनाको
के अभिलेख छ हामीसँग – रुवाइ र बिछोडको ।
भर्पाइ बोकेर अतीतका गल्तीहरुको
किन अझै जिद्दी गर्दैछौ हामी,
हामीसँग अब बाँकी रात मात्र छ – दिन त उहिल्यै सिध्याइ सक्यौँ
हामीसँग अब बाँकी घात मात्र छ – विश्वाश त उहिल्यै गुमाइ सक्यौँ
स्नेहा र माया रहेन बाँकी अब – बाँकी त छ बिलौना र पस्चाताप
पुण्यको कुनै खाता रहेन अब – हाम्रो भागमा छ फगत् राप र श्राप
धोएर अतीतका रगतका टाटाहरु भन्दा
किन हामी अझै बिभाजनमा गर्न गर्दैछौं ?

कुन ठाउँमा छौं हामी – को सँग छौं
एक पल्ट आफुले टेकेको धर्ती हेर
एक पल्ट आँफैसँग प्रश्न सोधी हेर
जहाँ हाम्रा र हाम्रा पुर्खाको
पसीनाले सिन्चित थिए मायाका बगरहरु
रुखो र सुस्क याममा पनि बहाउदै चिसो बतास
अनबरत श्रममा हुन्थे द्रीढ्ताका हातहरु,

यो ब्रम्हाण्ड धर्मशाला भए स्वर्गै हो मेरो देश
नयाँ ब्रित्तको खोजीमा हिंडे पनि हुँदैन परदेश आफ्नै जस्तो देश ।

टोकियो
जुलाई २५, २००८

(अनेसास जापानद्वारा आयोजित १९५औं भानु जयन्तीमा बाचन भएको रचना)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *