भुवन त्रिपाठी
मगन्ते म
काठमाडौंको बसाइँ भनेपछि सधैंसधैंको हतार त हुने नै भयो । काठमाडौं खाल्डामा पढ्न होइन पढाउन कलेज धाउन थालेको पनि केही वर्ष भएको थियो । कोठाबाट कार्यक्षेत्रमा निस्कने गल्लीको केही पर गणेश मन्दिर थियो । प्राय: जसो दिन एउटा मगन्ते मन्दिरको छेउमा थोत्रो कपडा फिजाएर माग्न बस्थ्यो। ऊ पागल हो कि सद्धे हो कहिल्यै बुझ्ने फुर्सद भएन ।
त्यस टोलमा म बस्न थालेको पनि चार वर्ष भइसकेको थियो । उसले पहिलो दिनदेखि नै प्रत्येक दिन स्वागत र बिदाइ गरेकै थियो । भौतिक रूपमा अपाङ्ग नभए पनि मानसिक रूपमा त अपाङ्ग हुनैपर्छ किनकि बृद्ध अवस्था नहुँदै काम नगरेर मन्दिरको सहारा लिएर मागेर जीवन चलाउँदै थियो ।
प्रथम खगोलीय शिखर सम्मेलन
“मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?” पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए । सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए । यसको मर्म राम्रैसँग बुझेको थिएँ ।
“हजुर बोस, सम्भव भएसम्मका सम्पूर्ण प्रविधिहरू जडान गर्ने कार्य सम्पन्न भयो ।” भन्दै उनको सबैभन्दा नजिकको सहयोगीको नाताले उत्तर दिएँ । त्यसपछि संयोजक निकोलस सरासर आफ्नो कार्यकक्षतिर फर्किसकेका थिए ।