Skip to content

कृष्ण बजगाईं

साङ्केतिक भाषा

  • by

पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे तिनीहरु उपर ।

घोषणापत्र

  • by

कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए ।
-दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्‍याउनेछौं ।
-देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।
-वीस वर्षभत्र हाम्रो जीवनस्तर युरोपेली र अमेरिकी मापदण्डमा पुर्‍याउनेछौं……।

पीडा

  • by

हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । ढाड दुखेकोले हाकिम साहेबलाई सिरानी चाहिने भयो । हाकिमले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई एउटा नरम सिरानी किनेर ल्याउन अह्राए । ती कर्मचारीले लेखापाललाई सोको जानकारी गराए । “कहाँ सिरानी किन्न मिल्छ पछि बेरुजु निस्कन्छ ।” लेखापालले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई जानकारी गराए ।

घुम्ने कुर्सी

  • by

कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।

सुन्दरी प्रतियोगिता

  • by

यसपटक आयोजकहरु तीन छक्क परे । पूर्व सुन्दरी प्रतियोगिताका सुन्दरी एवम् सहभागीहरु नै यसपटकको सुन्दरी प्रतियोगिताको विरोधमा उत्रेको देखेर ।

प्रतिविम्ब

  • by

विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको फ्रेम भएको ऐना आफैमा पनि उत्तिकै आकर्षक देखिन्थ्यो । ऐना छेउ भएर जति नै पटक ओहोर-दोहोर गर्दा पनि नहेरुँ भन्दा-भन्दै ऐना नहेरी मन मान्दैनथ्यो ।

यन्त्रवत्

  • by

आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो । भीडका मानिसहरु बडो आश्चर्य मान्दै मज्जा लिइरहेका थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो र बेलाबेलामा अनौठो आवाज निकालेर मानिसहरुलाई बोलाउँदथ्यो । भीडका मानिसहरु त्यसलाई विज्ञानको उच्चतम आविष्कार ठानी आश्चर्यचकित भएर हेरिरहेका थिए ।

रोडम्याप

  • by

यसपटक पनि नेताहरूले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हि“डे । नेता अघिअघि, जनता पछिपछि । लोकपथ सीधै गएर सिंहदरबारमा टुङ्गियो । त्यहा“ त आमजनतालाई प्रवेश निषेध थियो । जनतालाई बाहिरै छाडेर नेताहरू स-सम्मान भित्र छिरे ।

मित्रता

  • by

छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि भनेर धेरै मानिसहरू पढ्दथे ।

आशा

  • by

उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन ।
शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो ।
सुरक्षितसाथ जोगाएर राखेकि थिईन । आँखाले एक्स-रे गरेर हेर्यो सम्पूर्ण बनावटलाई । चुम्बन गर्यो अंग प्रत्यगंलाई आँखैले । अलिकति उत्तेजित भयो ऊ ।

लिफ्ट

  • by

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

शोषण

  • by

बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । त्यसले बेलाबेलामा कागजलाई सबैको सामु पैसा बनाईदिने गफ हाँकिरहेको थियो । बीच-बीचमा तासको खेल देखाईरहेको थियो, बाँसुरी फुकिरहेको थियो । भीडको ध्यान त्यसले खासै त तान्न सकेको थिएन तर कागजलाई पैसा बनाईदिने कुरा सुन्दा सबै आश्चर्य मानिरहेका थिए । अझ कतिले त त्यो कला सिकेरै जाने अठोट लिएका थिए ।

नयाँ सुट

  • by

पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।

विमोचन

  • by

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

जादुगरी डण्डा

  • by

एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

यो कुरा त्यस राज्यका राजाले थाहा पाए । जादुगरलाई आफ्नै दरवारमा बोलाएर उनको कला हेर्ने रुची जाग्यो । बोलेर मानिसहरुलाई लट्ठ पार्न सक्ने वाक्कला र वाक् चातुर्यता देखेर राजा छक्क परे । अझ एउटा जादुको छडीले आश्चर्यजनक काम गर्न सक्ने उनको कला प्रति राजा नतमस्तक भए ।

अनास्था

  • by

आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण अवस्था प्राचीन बहुमुल्य मूर्ति आदिको चोरी-चकारी चोरी गर्ने पापीहरुले सजाय नपाउनु शान्ति-सुरक्षाको अभाव जस्ता विषयमा गम्भिर छलफल गरी केही निर्णय गरे ।

राहत

  • by

भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए ।

मन्त्रीजी “अति पोषणयुक्त खानाबाट हुने मोटोपन र त्यसको रोकथाम” विषयक विदेशमा हुने गोष्ठिमा सहभागी हुन तारतम्य मिलाउँदै हुनुहुन्थ्यो । जीवनमा पहिलो भ्रमण त्यो पनि पश्चिमी मुलुकमा हुन लागेको थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा भ्रमण वापत पाईने आकर्षक भत्ताको लोभ उहाँमा स्पष्ट देखिन्थ्यो । मन्त्री भएपछि स्वयं मोटोपनको शिकार हुनु भएकोले कतै यसको उपचार उतै पो भैहाल्छ कि भन्ने अर्को आशा पनि थियो उहाँमा ।

समाचार

  • by

प्रमुख समाचार
– केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
– शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
– धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
– राजधानीको एक पाकेटमार प्रहीको फन्दामा ।
– राजधानीको एक होटलमा छापा मार्दा बेश्याबृत्ति कार्यमा संलग्न भएको आशंकामा एक जोडी युवायुवती पक्राउ ।