यसपटक पनि नेताहरूले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हि“डे । नेता अघिअघि, जनता पछिपछि । लोकपथ सीधै गएर सिंहदरबारमा टुङ्गियो । त्यहा“ त आमजनतालाई प्रवेश निषेध थियो । जनतालाई बाहिरै छाडेर नेताहरू स-सम्मान भित्र छिरे ।
त्यसभन्दा अघि प्रजापथमा हि“डेका थिए जनता । त्यसबेला पनि सिंहदरबारको पर्खालबाहिरै रहे ।
त्यसभन्दा पनि अघि राजपथमा हि“डेका उनीहरूले आधा बाटो पनि पूरा गर्न पाएका थिएनन् ।
फेर िप्रचण्डपथमा हि“डे जनता । यसपटक पनि अघिल्लोपटकजस्तै जनतालाई बाहिरै छाडेर नेता मात्र सिंहदरबार छिरे ।
नेताहरूले जुनजुन पथ हि“ड्नु भने, त्यहीत्यही पथमा जनता हि“डे । तर, आधा बाटैमा उनीहरूलाई छाडेर नेता मात्र दरबारतिर छिरे । बाटो थाहा नपाएर अलमलिएका जनता वषौर्ंदेखि चक्रपथमा कहिले दाया“, कहिले बाया“तिरबाट फनफनी घुमिरहेका छन् ।
