याम क्षितिज विश्वकर्मा

सक्दिन सक्दिन अब जिउन

सक्दिन सक्दिन अब जिउन तिमी बिना
सकुँला पानी बिना सक्दिन तिमी बिना
साँच्चै हो साँच्चै हा ढाँट्या हैन सक्दिन तिमी बिना

जति बिर्सुँ भन्छु तिमी झनै याद आउँछ
तिम्रो मुहार झझल्को बनी तड्पाईरहन्छ
डुबेँ म डुबेँ म तिमी सँगै सक्दिन तिमी बिना
सकुँला पानी बिना सक्दिन तिमी बिना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनको मझेरी

आँखामा बस्नु तिमी मनको मझेरीमा बस्नु
तिम्रो मनको साह्रा कुरा यो मनलाई भन्नु

उषाको किरणसरी तिमी जीवनमा छायौ
अँधेरीमा रुमल्लिएथेँ म ज्योति लिई आयौै
अँधेरीमा सधैँ तिमी यसरीनै उज्यालो छर्नु
आँखामा बस्नु तिमी मनको मझेरीमा बस्नु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो तस्वीर

आऊ दिलबाट तिम्रो तस्विर झिकेर जाऊ
अतितका यी सारा यादहरू लिएर जाऊ

मिलनको आशा देखाई नाटक रच्यौ
दोष मेरो के थियो र छुरा हान्यौ
आऊ मुटुबाट बिझाउने छुरा झिकेर जाऊ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सगरमाथा शिर हाम्रो

सगरमाथा शिर हाम्रो अन्नपूर्ण छाती
फेवा र राराताल तिर्खा मेट्ने पानी

माछापुच्छ्रे कन्चनजङ्घघा स्वाभिमान हाम्रो
पहाड र पर्वत झरणा र खोला अति राम्रो

लालीगुराँस डाँफे र खुकुरी हो हाम्रो निशान
दौरासुरुवाल ढाकाटोपी नेपालीको पहिचान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्सिदेऊ प्रिय

बिर्सिदेऊ प्रिय अतितका तिता पलहरू
स्वीकार्य छ मेरा यी सारा भुलहरू

दोष मेरै थियो तिमीलाई विश्वास नगर्नु
मन्दिरको देवतालाई बगरको ढुङ्घा सम्झनु
धेरै रुवाएँ तिमीलाई अब रुवाउने छैन
विश्वास गर प्रिय अब यस्तो हुनेछैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पिरतीको संघार

लेकबाट बेँसी झर्नै पर्ने भो
सानीसँग मनका कुरा खोल्नैपर्ने भो

झल्को गाजालु आँखाकै प्यासी अधरकै
तृष्णा सुकोमल मिठो स्पर्षकै
जिन्दगीको जँघार तर्नै पर्ने भो
अब त बेँसी तिरै झर्नै पर्ने भो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
YamKshitizBishwokarma

हुन्छ मात्रै भन तिमी

हुन्छ मात्रै भन तिमी डोली लिई आउँला
आजै चुरापोते सिन्दुर लिई आउँला

आँखैको नानीमा लुकाईराख्छु तिमीलाई
जुनी जुनी मनमन्दिरमा राख्छु तिमीलाई
हुन्छ मात्रै भन तिमी जन्ति लिई आउँला
आजै चुरापोते सिन्दुर लिई आउँला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •