Skip to content


आऊ दिलबाट तिम्रो तस्विर झिकेर जाऊ
अतितका यी सारा यादहरू लिएर जाऊ

मिलनको आशा देखाई नाटक रच्यौ
दोष मेरो के थियो र छुरा हान्यौ
आऊ मुटुबाट बिझाउने छुरा झिकेर जाऊ

मुटुमै लुकाइरहेँ कलिजीमै राखिरहेँ
मायामा डुब्दा डुब्दै गहिराइमै पुगिसकेँ
आऊ गहिराइबाट मलाई झिकेर जाऊ

यामक्षितिज विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *