आँखामा बस्नु तिमी मनको मझेरीमा बस्नु
तिम्रो मनको साह्रा कुरा यो मनलाई भन्नु
उषाको किरणसरी तिमी जीवनमा छायौ
अँधेरीमा रुमल्लिएथेँ म ज्योति लिई आयौै
अँधेरीमा सधैँ तिमी यसरीनै उज्यालो छर्नु
आँखामा बस्नु तिमी मनको मझेरीमा बस्नु
जताततै देख्छु आज नयाँ नयाँ रङ्ग
जुनी जुनी सयौ जुनी हुन्छु तिमीसँग
उकाली ओरालीहरूमा सहारा बनी आउनु
आँखामा बस्नु तिमी मनको मझेरीमा बस्नु
यामक्षितिज विश्वकर्मा
