Skip to content

हुन्छ मात्रै भन तिमी

YamKshitizBishwokarma


हुन्छ मात्रै भन तिमी डोली लिई आउँला
आजै चुरापोते सिन्दुर लिई आउँला

आँखैको नानीमा लुकाईराख्छु तिमीलाई
जुनी जुनी मनमन्दिरमा राख्छु तिमीलाई
हुन्छ मात्रै भन तिमी जन्ति लिई आउँला
आजै चुरापोते सिन्दुर लिई आउँला

घुम्टो उघारी एकनास हेररहुँ लाग्छ तिमीलाई
शितल पवन बनि श्पर्श गरिरहुँ लाग्छ तिमीलाई
हुन्छ मात्रै भन तिमी सोली लिई आउँला
आजै चुरापोते सिन्दुर लिई आउँला

याम क्षितिज विश्वकर्मा
पोखरा, हाल कुवेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *