Skip to content

कुन्दनकुमार पन्त

शीर्षक के हो ? (मुना २०६८ बैशाख)

  • by

हरिश र विपिन छिमेकी थिए । उनीहरू एउटै विद्यालयमा एउटै कक्षामा पढ्ने गर्दथे । हरिश मिहिनेती, जेहेन्दार र शान्त स्वभावको थियो तर विपिन भने गफ गर्ने, धाक धक्कु लगाउने घमण्डी स्वभावको थियो ।

मुक्तकहरू

  • by

कसैको आड पाएमा कति मान्छेहरू मात्तिने गर्छन्
दुःख र सङ्कट पर्दा कति मान्छेहरू आत्तिने गर्छन्
अरूको खोट र दोष देखाउन पाएसम्म दंग पर्ने
आफ्नो गल्ती औँल्यायो भने कति मान्छेहरू तात्तिने गर्छन् ।

गजल

  • by

सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर
आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर ।

अहं र अभिमान यति धेरै बढेछ कि यहाालाई
नाता सम्बन्ध र इष्टमित्रलाई नै तोड्नु भो हजुर ।