Skip to content

युवामञ्च २०६७ कात्तिक

केही पढ्नैपर्ने आख्यान

  • by

पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड’, मिलान कुन्देराको ‘जोक’, नाथानियल हाथोर्नको ‘स्कारलेट लेटर’, मिलारोद पाभिचको ‘ल्यान्डस्केप पेन्टेड विथ टी’, मोपासाँ, चेखब, गोविन्द गोठाले, उदयप्रकाश, मनु ब्राजाकीका कथाहरू अविस्मरणीय लाग्छन् ।

अतीन्द्रीय शक्तिको रहस्य मानसिक शक्ति कसरी हासिल गर्ने

  • by

सबै प्रकारको परा सामान्य घटनालाई वैज्ञानिक विधिद्वारा अध्ययन गर्ने विज्ञान अपरा-मनोविज्ञान भनिन्छ । सबैभन्दा पहिले १८८२ मा विलिमय बरटले परा-मनेविज्ञानको व्यवस्थित रूपबाट गम्भीर खोजको पनि सुरुआत गरे । सामान्य घटनाको भारतीय योगमा पनि महत्वपूर्ण स्थान छ ।

समस्या समाधानको तरिका

  • by

एकपटक राजकुमारीको गोडामा काँडा बिझेको देख्दा सम्राट अकबरलाई ज्यादै रिस उठेछ र वीरबललाई बोलाएर भनेछन्- “राजकुमारीको गोडामा काँडा बिझ्यो, आइन्दा त्यस्तो देख्न चाहन्न त्यसैले राज्यका सबै भूमिलाई छालाले ढाकिदिनु ।” बिचरा वीरबललाई फसाद पर्‍यो, नमानाँै जिउको सवाल थियो सम्राट रिसाए जे पनि गर्न सक्थे, मानौं राज्यभरि छाला ओछ्याएर साध्य हुने कुरो पनि थिएन ।

तराईमधेसका केही चाडपर्व

  • by

सामाजिक र सांस्कृतिक विविधताले परिपूर्ण तराईमधेसका लागि यो चाडपर्वको मौसम हो । चाडपर्वको क्रम बाह्रै महिना चलिरहे पनि कृषिप्रधान यस क्षेत्रमा खेतिपाती सकिएपछि चाडपर्वको शृङ्खलाले तिब्रता पाउँछ । रक्षाबन्धन, कृष्णाष्टमी, चौठचन्द, ईंद, रमजान र अनन्त पूजालगायतका पर्व केही अघि सकियो भने जितिया र विजयादशमी तराईवासीले भर्खरै मनाएका छन् । त्यस्तै दीपावली र छठ मनाउने तरखरमा छन् ।

थारूहरूको दसैँ सुकरात

  • by

महान् पर्व वडा दसैँको बहिरगमनसँगै थारू समुदायमा सुकरात पर्वको लागि तयारी र चहलपहल सुरु हुन्छ । दीपावली अर्थात् सुकरातको दुई हप्ता पहिलेदेखि नै घर घरमा सरसफाइ लिपपोतको काम सुरु हुन थाल्छ । घरको मर्मत सम्भार चल्न थाल्छ । पुराना काम नलाग्ने वा नराम्रो देखिने घेरावारहरू हटाएर नयाँ घेरावार लगाउने वा बनाउने काम सुरु गर्न थाल्छ । घर आँगनमा माटो पुरेर सम्म पार्ने घरहरू सफा गर्न सेतो, रातो माटोले पोत्ने ‘मोख’ -ढोकाको दायाँ वाँया माथि बनाएका फलका लहरा वा अन्य आकृतीमा रङ रोगन लगाउने काम थालिन्छ ।

तिहारमा रेखीको रौनक

  • by

तिहारका विभिन्न आकर्षणमध्ये दीपावलीमा हालिने रेखी एक हो । लक्ष्मीपूजाको दिन घरआँगन र पूजाकोठामा हालिने विभिन्न प्रकारका रेखीले दीपावलीलाई रौनक दिइरहेका हुन्छन् । यसैगरी नेवारी समुदायले ‘हृमःपूजा’ गर्दा र नेपाल संवत्अनुसारको नयाँ वर्ष मनाउने क्रममा हालिने रेखीले यी पर्वहरूलाई आकर्षक बनाउँछन् । दीपावलीमा आकर्षक रेखी नेपालमा भन्दा भारतमा बढी प्रचलनमा छ ।