Skip to content

मुना २०६५ चैत

छोरीलाई पढाउन पठाऔँ

  • by

हीरामायाः यो छोरी पनि कहाँ गइ होली ? (बोलाउँछिन्) छोरी! ए छोरी! (जवाफ नआएको देखेर जुरुक्क उठ्छिन् र ढोकामा आएर फेरि बोलाउँछिन् ।) छोरी ! ए मनमाया ! सुनिनस् कि क्या हो ? (जवाफ आउँदैन । आफूले बोलाएको स्वर आफँैतिर फर्किएर आउँछ । छोरीले नसुनेको देखेर तिनलाई दिक्क लाग्छ र फेरि गुन्दि्रमा थुचुक्क बस्छे र फत्फताउन थाल्छे ।)

छट्टु माकुरो

  • by

कति छट्टु माकुरो
जाल बुन्दै छ
अरूलाई फसाउने
चाल चल्दै छ ।
झूसैझूस भएको
लामा लामा खुट्टा
जाल बुन्ने जाली हो यो
अरूभन्दा छुट्टा ।

शीर्षक के हो ? (मुना चैत २०६५)

  • by

एकदिन विद्या दाइले भने लमजुङ जिल्लाको दुराडाँडा भन्ने ठाउँमा एउटा जल्किनी भन्ने गाउँ रहेको पाइन्छ । त्यो जल्किनी गाउँमा एउटा पण्डित नरहरि अधिकारी भन्ने गुरु हुनहुन्थ्यो ।

जल्किनी गाउँको पश्चिम उत्तरतिर खुरिखन्न एउटा गिरगिरे डाँडा रहेको थियो । त्यहाँ २००७ सालमा प्रजातन्त्र आए लगत्तै सबै गाउँलेहरू मिलेर एउटा सहयोग सदन पाठशाला स्थापना गरेका थिए ।

स्वार्थी राक्षस र स्वर्गका बालक

  • by

एउटा राक्षस थियो । उसको बगैँचा निकै राम्रो थियो । स्कूलबाट घर र्फकँदा केटाकेटीहरू राक्षसको त्यो बगैँचामा खेल्न मन पराउँथे । उनीहरू दिनहुँजसो यहाँ खेल्न आउँथे । बगैँचाको भुइँ हरियो दुबोले ढाकिएको थियो । बगैँचाका ठाउँठाउँमा सेता फूलहरू फुलेका हुन्थे मानाँै ती फूलहरू केटाकेटीहरू खेलेको हेरिरहेका थिए । त्यो बगैँचामा बाह्रवटा आरूका रूखहरू पनि थिए । वसन्त ऋतुमा ती आरूका रूखहरूमा सेता र गुलाफी रङ्गका राम्रा-राम्रा फूलहरू फुल्थे । शरद ऋतुमा लटरम्म आरू फल्थे । रूखमा आई चराहरू रमाई-रमाई गीत गाउँथे । केटाकेटीहरू चराका गीत सुनेर खेल्न पनि बिर्सन्थे । उनीहरू भन्थे, “कति रमाइलो, हामी कति खुसी छौँ यहाँ!”

बाँदरको कोसेली

चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।

चेतना

  • by

कक्षा चारमा पढ्ने रविनका साथीहरू उसलाई ‘छुस्के’ स्वभाव भएको मान्दथे । उसका आफन्तहरू पनि उसलाई ‘उपद््रया केटो’ को दर्जामा राख्दथे । उसलाई भने सधैँ नयाँ नयाँ कुरा बुझ्ने, अनुभव गर्ने इच्छा भइरहन्थ्यो । अरूले जुन कुरा गर्नुहुन्न भनेको छ, उसलाई त्यही कुरा गर्न नपाएर छटपटी भइरहन्थ्यो । ऊ अनायासै त्यै ‘गर्न नहुने’ कामप्रति आकषिर्त भइरहन्थ्यो । परिणाम स्वरुप उसले एउटा न एउटा बिघ्न गरेर कहिले आफँै दुःख पाउँथ्यो । कहिले उसका कारणले अरूले दुःख पाउँथे ।

दुःखका साथी

  • by

एकपटक घाँसको लागि वनमा चहारिरहेकी बाख्रीलाई एउटा घोर्ले श्यालले समात्यो । उसको घाँटीमा समाएर मार्न लागेको बेला बाख्रीले आˆना कलिला पाठाहरूलाई सम्झी ।

राम र श्याम दुबै बेस्सरी रोए

  • by

रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे ।

‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो ।