Skip to content

मुना २०६५ फागुन

मुक्तिको बाटो रोज

  • by

हरिः यति मात्र होइन दिदी लात्तैलात्ताले मलाई पेटमा पनि हाने । त्यही भएर पेट दुखिरहेको छ । -रूँँदै) म यो घरमा एकछिन पनि बस्न सक्दिन दिदी । मेरो बालाई बोलाइदिनोस् दिदी । म घर जान्छु ।

गीताः हरि तिमीलाई तिनीहरूले सारै नराम्रोसँग पिटेछन् तर के गर्छौ ? न त मलाई तिम्रो बा को ठेगाना थाहा छ न त घर नै । तिमीलाई यहाँ कसले ल्याएको भन त ?

माझीदाइ डुङ्गा खियाइदेऊ

  • by

माझीदाइ डुङ्गा खियाइदेऊ
लौन मलाई स्कुल पुर्‍याइदेऊ ।
फेवापारि स्कुल छ फेवापारि गाउँ
साना साना हात-पाइला म कसरी जाऊँ ।

शीर्षक के हो ? (मुना फागुन २०६५)

इच्छाराम सानो छँदा उसको बुबाको मृत्यु भयो । उसलाई उसकी आमाले पालन पोषण गर्दै रहेकी थिइन् । समयले कसैलाई पनि छाड्दो रहेनछ । इच्छारामकी आमालाई लगातार ज्वरो आयो । उनी थला परिन् । केहीदिनपछि उनी पनि मृत्युको मुखमा पुगिन् ।

ममी, ममी . . . . . हृवाँ !

  • by

‘सुजित, बाबु सुजित ! कहाँ छौ तिमी ?’ आमा सुनिताले भनिन् ।

‘एकछिन चुप लाग्नु न ममी ! म पुतली समाउन खौज्दै छु के ।’ पाँच वर्षे सुजितले भन्यो ।

उसले फूलबारीको एउटा पुतलीलाई समाउन खोज्यो । पुतली त भुर्रर्र उडिहाल्यो । उसले अर्को पुतलीलाई समाउन खोज्यो, तर उसको हातमा मौरीले टोकिदियो ।

अनौठो जादुको भाँडो

कुनै गाउँमा दुई बूढाबूढी बस्थे । उनीहरूको घर अग्लो ठाउँमा थियो । होचो जमीनमा अरू गाउँलेहरूको घर थियो । त्यो होचो ठाउँ तलाउजस्तो आकारको थियो । गाउँलेहरू अलि दुष्ट मिजासका भएका हुँदा उनीहरू गाउँबाट अलि माथि बसेका थिए । साँझ परेको थियो । दुई बूढाबूढी रातको खाना खाई ढोका बाहिर गफ गरिरहेका थिए । गाउँमा केटाकेटी कराएका र कुकुर पनि लगातार भुक्न थालेकोले उनीहरूको गफमा बाधा पर्‍यो । कुकुरको भुकाई र केटाकेटीको हल्ला झन् झन् नजिकिन थाल्यो ।

हिलोमा हीराकली

  • by

पानी पिएर फर्कँदा सौराहाको हीराकली हात्तीका अघिल्तिरका दुवै खुट्टा धापमा गाडिए । घाँसले ढाकिएको सीमसारमा त्यहाँको दबदबे हिलो हीराले देखेकै थिएन ।