Skip to content

चूडामणि रेग्मी

बुढाको गुनासो

वुढो छौ ! के गर्छौ ! भनिकन गलायौ !सव मिल्यौ !
कठै !आयो कालो अव समय ! यस्तो पनि भन्यौ !
अरे !तर्साएरै डर पनि नवढ्ने पनि वढ्यो !
अत्यायौ के गर्ने ! तन पनि वुढो ! झन् मन वुढो !

( रस्व प्रयोग वारे – वुढोको वु तद्भव शव्दको थालनी र माझको इ उ रस्व लेख्ने नीति अनुसार। मिल्यौ ,भन्यौ ,वढ्योको प्रयोग नयाँ होइन – भानु ,लेखनाथ हुँदै चलेको। १ उदाहरण -सुन्यौ भाइ सन्सार्म़ा शरिर अति कच्चा छ जनको। )

हामी भाले र पोथी

हामी भाले र पोथी सँग स-ग गुँडमा भव्य प्रासाद ठानी।
पानी होस् ! घाम जे होस् ! प्रकृति कठिनता हुन्छ सामान्य ठानी।
वस्छौं ! सानन्द उड्छौं क्षितिज यहीभरि ! दूर थाहा कहाँ छ ?
आफ्ना प्यारा वचेरा पनि सँग यदि छन् ! लाग्छ – यो विश्व हाँस्छ !

स्वत्व –

धेरै नै अपमान खप्नु छ खेपें वठ्याइँ ता रोजिन
धेरै लाभ लागे तथापि कहिल्यै त्यो हानि ता सोचिन
माथिल्लो पदको निमित्त कहिल्यै गोडाहरु ढोगिन
खाँदै गुन्द्रुक भात वस्छु मजाले त्यो सोख नै सोचिन

मान /अपमान

केही ७० वर्ष माथिका (१८३ जना) साहित्यकारलाई भानु पुरस्कारले नेपाल सरकारको १ मन्त्रालयले सम्मान गर्ने भयो। साहित्यकारलाई रित्तो हात किन पठाउने भन्ने आशयले होला, १०,०० ० हजार नगद पनि दिने भयो।