साँच्चै सोच्ने को हो ?
१ माघ आठ जाने थियो गयो पनि हिजो
जो ताण्डव हुने थियो भयो त्यो नै हिजो
२ जेठ चौध गएकै हो चुकचुक भयो !
नेपालीले तिर्ने दण्ड खपेकै हो खप्यो !
३ यो देशमा जति काण्ड घटुन् घट्न दिन्छन् !
‘कोत पर्व’ धेरै घटे ! सवै सुने भयो !
४ देश जता जाओस् ! जे होस् ! कमाउने सुर !
धेरै प्रभुलाई मात्र पद भए भयो !
५ सारा शास्त्र सिद्धान्त त देखाउने दाँत !
थैलो भर्ने वितेको छ ! भर्न पाए भयो !
६ एकै छिन ‘देश भन्छन् !
पूजा एकै छिन ! देश माथि वज्र पात ! खोइ चिन्ता रह्यो !
७ पार्टी भक्ति ! स्वार्थ भक्ति ! ‘नयाँ नेपाल ‘ यो !
अरवौं नै डुवे पनि चिन्ता नास्ति अहो !!!
८ उहिलेको कुरा छोड !अहिलेको कुरा ‘
भोलि अव के हुने हो ? ‘ साँच्चै सोच्ने को हो ?
