Skip to content


केही ७० वर्ष माथिका (१८३ जना) साहित्यकारलाई भानु पुरस्कारले नेपाल सरकारको १ मन्त्रालयले सम्मान गर्ने भयो। साहित्यकारलाई रित्तो हात किन पठाउने भन्ने आशयले होला, १०,०० ० हजार नगद पनि दिने भयो।

सम्मान लिन जानु पर्ने केन्द्रमा नै र सम्मानितले २ प्रति आफ्ना प्रकाशित पुस्तक र नागरिकताको प्रमाण पत्र पनि लानु पर्ने । रकम थोरै, यातायात खर्च नदिने, पुस्तक र नागरिकता, लेठो धेरै । अपमान भयो । चर्चाको विषय, अखवारहरुले नै पनि यतै कुरा गरे ।

वास्तवमा साहित्यकारको मान पनि अपमान पनि वरावर संस्थाहरुवाट भएका छन्। निवेदन वारम्वार लिइएका छन्। मदन पुरस्कार गुठी ,संस्कृति मन्त्रालय सर्वत्र निवेदन लिने नै गरेको पाइन्छ ,साहित्यकार ठुलो सानो भनिदैन -उसले हजुर हजुर भनेर हात जोडेका उदाहरण जत्ति छन् ।

प्राज्ञ ! गठन अव हेर्नोस्, नाता दल कार्यकर्ता हेरिन्छ । २६ माननीय मनोनयन नहुनु जस्ता जस्ता अपमान जनक काम यहाँ भएका छन् ।

यो देशमा सक्नेले १ होइन थुप्रै लाखका पुरस्कार पड्काउँछ । तव भानु पुरस्कारमा कति वढी अपमान छ ? मेरो पनि प्रश्न ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *