Skip to content

कोमलनयन

परिभाषामा जिन्दगी अटाउन..

परिभाषामा जिन्दगी अटाउन नखोज।
परेलीमा आँशु लुकाउन नखोज।

बुझिन्छ रहस्य आखिर सबै,
अचानोमा दाउ लगाउन नखोज।

हारै हो प्रेम सधैँ,
झुठो जित देखाउन नखोज।

बिर्सनु छ जिन्दगीलाई जिउन,
प्रेमील याचनाले सताउन नखोज।

बितेका कुरालाई कहिल्यै यसरी,
प्रिय नयन जताउन नखोज।

बहन देउन

मनको भावलाई वहन देउन!
नसर्माइ अधर रहन देउन!

नभुल्नु तिमी बाहिर कतै,
डुबेर मनलाई सहन देउन!

चोखो मायालाई नलुकाई राख,
झरेपनी आशु झर्न देउन!

रुदारुदै हासेको थाहै नहोस् ,
ख्याल ख्यालैमा जिउन देउन!

बताइदेउ ससारलाई तिम्रो कोमलता,
अर्पेर सहजै जीवन देउन!

धेरै बाच्ने रहर छैन !

एकपल मौन रहिदिन्छु यो मौनतामा के छ सोचेर !
आफैंसग कुरा गर्छु यसैगरी तिमीसग बोलु भनेर !

आज मायाको गीतगजल गाउदिन म हुन्छ प्रिया ?
हेर सन्तान एक्लो भएको छ बाबाआमासग तर्क गरेर !

जिन्दगानी!

कहिले खासमा भुलाई जिन्दगानी
कहिले आफैमा दुखाई जिन्दगानी

यात्रा मेरो अघि बढ्दै छ उस्तै
केही पनि नलुकाई जिन्दगानी

म कुनै जोर गर्दिनँ कसैलाई
तर अर्पण छ तिमीलाई जिन्दगानी

बुझेको छु बुझ्नु राम्रो लाग्छ मलाई
मजाको छ मलाई जिन्दगानी

नयन, नाम त याद होला मेरो
मेरै हो तिम्रो नजर हेराई जिन्दगानी

………आजकाल !

फेरिएका छन् उदेश्यहरु आजकाल
फेरिएका छन् आसयहरु आजकाल

मेरो विरुद्ध खडा भएकी छौ तिमी
फेरिएका छन् बिजयहरु आजकाल

हिजो माया थियो आज घृणा उस्तै
अजिब लाग्छन् भयहरु आजकाल

कुनै जमाना थियो खुसीको साथी
तिनै भए तुच्छ जयजयहरु आजकाल

म सहेरै जित्छु संसार हेर्दै जानू
मलाई प्यारा छन् पराजयहरु आजकाल