तिम्लाई माया गरे प्रिया
तिम्रै निम्ति मरे प्रिया
पत्तै नपाई दिल उडिगो,
प्रेमनगर’मा झरे प्रिया
डर थिएन जिन्दगीको कहिल्यै,
मायामा यति डरे प्रिया
आफैँ अस्तित्व नकार्छ आफैंलाई,
आफूलाई तिमीमा हरे प्रिया
तिमी मलाई अँगाली देऊ,
तिमितिरै बसाइँ सरे प्रिया
