दीपक भट्टराई
आज फेरी मन
आज फेरी
मन व्यग्र छ
नचिनेझै गरि
गोरेटोमा पाइलाहरु पछ्याउन
आज फेरी
मन ब्यग्र छ
चौतारोमा बसी
यताउता आखाहरू बिच्छयाउन
आज फेरी
मन ब्यग्र छ
नदेखेझै गरि
दोबाटोमा
त्यो नजरसंग
यो नजर जुधाउन
तिम्रो स्विकारोक्ति अस्वीकारोक्तिको
प्रबाह नगरी
तिमीलाई एकनाश हेरिरहन
आज फेरी
मन ब्यग्र छ
चाहनाको नशामा बेहोश भएर
प्रेमप्रस्ताव गर्न
प्रेममा अराजक हुन्
चिच्चयाएर हास्न
कराएर रुन
दुनियाको नजरमा
फेरी एकपल्ट पागल हुन्
हो आज फेरी
मन ब्यग्र छ
दीपक भट्टराई@

उज्यालोमै जिल्ल परे परून सारा देख्नेहरू