उज्यालोमै जिल्ल परे परून सारा देख्नेहरू
आऊ यस्तो गरौं माया ढलुन सारा देख्नेहरू
हातमाथि हात राखौ ओठमाथि ओठ हुन्छ,
डाहा गरुन भित्र-भित्रै जलुन सारा देख्नेहरू
तिमी राजी म नि राजी भए पछि के चाहियो र,
लाज लागे आफै पर सरुन सारा देख्नेहरू
जमौ हामी एक अर्कामा बरफको ढिक्कासरी,
हुदै पानी पानी अरु झरुन सारा देख्नेहरू
मानिसको सुखभोगमा देउता पनि रमाउछन्,
धर्म धर्म भन्दै मरे मरुन सारा देख्नेहरू
कावासोती,नवलपरासी 9847356977
