Skip to content

आधा घण्टा


आधा घण्टा सँगै बसी गर्नु थियो कुरा
मनको कुना भित्रै पसी गर्नु थियो कुरा

जति थिए मनभित्र उम्लिएका इच्छा,
माया जालमा आफैं फसी गर्नु थियो कुरा

सुनिरहूँ तिम्रो बोली हेरिरहुँ आँखा,
पिरतीको डोरी कसी गर्नु थियो कुरा

शब्दहरू छानी छानी तिम्रै गजल लेखन,
हातमा बोकी कलम मसी गर्नु थियो कुरा

तिमीलाई आकाशको जुन सम्झिएर,
आफै बरु तल खसी गर्नु थियो कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *