यहाँ कसले बनायो शान्ति शराबमा
उस्तै दुरुस्तै देखायो शान्ति शराबमा
म पिउछु बिर्सिन ऊ घुम्छे आँखाभरि
कोही आएर मिसायो शान्ति शराबमा
म पानी खोज्दै थिए यी सम्झानाहरूले
राखिदिएर पिलायो शान्ति शराबमा
म पिउदै बेहोशी थिए म जिउदै बेहोशी
बिना कारण जगायो शान्ति शराबमा
म फेर्दै लामो सास हेर्दै थिए गिलास
पागल भनेर करायो शान्ति शराबमा
दीपक भट्टराई
