Skip to content

पिताम्बर नेपाली

रुपन्देही

आइपुग्यौं आज हामी
जिल्ला रुपन्देही ।
नेपाल र नेपालीको
दुर्दशा छ यहीँ ।।
मर्चवार क्षेत्र हो यो
सीमास्तम्भ हो यो ।
तीस नम्बर लेखिएको
खडा यहीँ छ यो ।।

नवलपरासी

अब हामी आइपुग्यौं
सुस्ता नरसाही ।
नेपालीका लागि जहाँ
सधैं त्राही त्राही ।।
दु:ख गर्यो खेती पाती
लुटी लान्छन उतै ।
घरभित्र केही भए
बनाउँछन् रित्तै ।।

भाेट

हिजाे के के तिमी गर्थ्याै
देखेकाे छ समाजले ।
के के भन्दै तिमी हिंड्थ्याै
सुनेको छ समाजले ।।
तिम्रो चरित्रको खाता
पल्टाउँछ समाजले ।
प्रचार नगरे हुन्छ
जानेको छ समाजले ।।

उँभाैली पर्व

हिंड बाबु हिंड नानी
पूर्वतिर जाऊँ ।
किराँतका गाउँ गाउँ
रमाउँदै जाऊँ ।।
याक्खा , राई , सुनुवार
अनि लिम्बू गाउँ ।
किरातेश्वर महादेव
सन्ततिका गाउँ ।।

नयाँ वर्ष

यहाँ उन्नतिका ढोका
चारैतिर खुला रहुन ।
पौरखीहरुका हात
निर्माणमा जुटिरहुन ।।

टाढा जानेहरू आउन
मातृभूमि सजाउन ।
पसिना यहीं पोखेर
जिन्दगी यो हँसाउन ।।

कनचनपुर (भाग – २)

हेरौं अब नजिकै छ शारदा ब्यारेज ।
सट्टा जमिन नदिएको गर्नु पर्छ खोज ।।
जमिन सट्टा दिने भनी बाँध बनाएर ।
पानी जति उतै लग्यो यता सुकाएर ।।
— ८–

वर्षौं वर्ष बितिसके दिने सुर छैन ।
ढाँट्ने छल्ने छिमेकीको भर केही छैन ।।
अन्यायको बाँधलाई पर्छ भत्काउनु ।
सहनुको सीमा हुन्छ कति पो सहनु ।।
—९—

PitambarNepali

कनचनपुर

दार्चुला त हेरिसकी अव आयौं तल ।
अत्याचारी छिमेकीको हेर्दै जाउँ चाल। ।
हेर हामी आइपुग्यौं जिल्ला कनचनपुर ।
ब्रम्हदेव मण्डी हो यो थियो यहाँ नेर ।।
–१–

एक नम्बर स्तंभ आज कता हराएछ ।
मिच्दै जाने साँढेले त बाटो बनाएछ ।।
यहाँसम्म मिचिसक्यो अरु पनि मिच्ला ।
चुपलागी बस्यौं भने अझै अघि बढ़्ला ।।
—२—