Skip to content

कुमार यात्री

गीत र कविता दिदी बहिनी हुन्, म दिदीलाई मस्तिष्कबाट र बहिनीलाई मुटुबाट प्रेम गर्छु – पेशल आचार्य

साहित्यमा औधी रूचि राख्ने पेशल आचार्य रामेछापका वरिष्ठ नेपाली भाषा शिक्षक हुन् । उनी मन्थलीस्थित मन्थली उमाविका सहायक प्राचार्य र मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत हुन् ।

20160410_KumarYatri-interviewPeshalAcharya

साहित्यको बजारवाद हुनु पर्छ तर बजारवादले साहित्यलाई प्रभाव पार्नु हुँदैन – पेशल आचार्य

साहित्यमा अगाध रूचि भएरै पनि जीवन बाँच्नका लागि पेसाले शिक्षक र प्राध्यापक पेशल आचार्य रामेछाप जिल्लाका पुराना नेपाली भाषा शिक्षक हुन् । उनी मन्थलीस्थित मन्थली उमाविका सहायक प्राचार्य र मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत हुन् । अब्बल अध्यापन गरेबापत् २०६८ सालमा शिक्षा क्षेत्रको ‘राष्ट्रिय शिक्षा पदक’ र साहित्यका विभिन्न ६ वटा राष्ट्रिय पुरस्कार र सम्मानपत्र प्राप्त गर्न सफल आचार्य विगत् ३६ वर्षदेखि कथा, कविता, गीत, मुक्तक, हाइकू र आत्मपरक निबन्धमा गतिशील कलम चलाइरहेका छन् । उनका बाल साहित्यका ५ र प्रौढ साहित्यका १ गरी ६ वटा कृतिहरू यसअघि प्रकाशित भैसकेका छन् भने अब यसपछि विविध विधाका ६ वटै कृतिमा यिनी एकसाथ काम गरिरहेका छन् ।