Skip to content

नवराज बस्याल

प्रेमिलहरूको प्रेम दिवस

संसारमा अलिक बढी नै चर्चा हुने विषय वस्तुहरूको खोजी गरियो भने पक्कै पनि माया प्रेम नै शिर्ष स्थानमा हुन्छ । यहाँ माया प्रेम अनि विछोडका विषयमा जति गीत र कविता लेखिएका छन् शायद अरु कमै विषयमा लेखिएका होलान् । प्रेम किन हुन्छ ? अथवा प्रेमको परिभाषा के हो भनेर खोजी गर्नेहरूको पनि कमी छैन यहाँ । तर प्रत्येक पटक फरक–फरक नजिता आइरहन्छ किनकि यहाँ सधैं मिलन खुशीका पलहरूलाई प्रेम भन्नेहरू, अरुको खुशीमा प्रेम देख्नेहरूको पनि कमी छैन । तर, अँझै पनि कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्दै विभिन्न तर्क अघि सारेता पनि ती सबै सर्वमान्य छैनन् । फेरि पनि, प्रेम एउटा अदभुत् अनुभव हो ।

परदेशीको एक दिन

परदेशी भूमि नौलो थियो मेरो लागि, पहिलो पटक परदेश गएको भएता पनि पनि २ वर्षभन्दा बढी समय बितिसकेको थियो । स्वदेशमा हुँदा कहिले परदेशमा पुगेर कमाउला भन्ने रहर अनि परदेशी भूमिमा टेकेपछि घरपरिवार साथीभाइ अँझै बढी देशको माया, राष्ट्रियता पनि कहाँबाट पलाउँदो रहेछ कुन्नि । फेरि पनिरहरभन्दा करले नै परदेशिएको भन्न कर लाग्दो रहेछ परदेशमा पुगेपछि । नेपालका युवा प्रायजसो परदेशलाई नै आफ्नो कर्मभूमि बनाइरहेका छन् रहरले होस् वा बाध्यताले होस् जे जसो भएपनि कमाइको गतिलो माध्यम चाहि पक्कै बनेको छ । कसैलाई सरल होला त कसैलाई कठिन बाटो बनेको छ यो ।

उनलाई बाडुल्की नलागोस

त्यो एउटा सुरुवात थियो, सुरुवात तर अन्त्यका लागि सुरुवात । सुरुवात त भएको थियो तर अन्त्य हुनका सुरुवात । फेरि पनि यहाँ पुरा भयो अथवा सकियो भन्नु पनि गलत हुन सक्छ किनकि न त केही शुरु भएको आभास थियो न त केही चलिरहेको छ भन्नु केही थियो । तर पनि कति बाँकी छ भनेर देखाउनका लागि यसको कुनै आकार देखिदैन आकार नभएको पनि होइन यसको सायद, संसारको वृहत आकार यसैको थियो होला । न कसैलाई व्यक्त गर्न सके मैले न कसैलाई होइन भनेर भन्न सके मैले । यो पनि एउटा जिन्दगी जस्तै थियो हरेक पल पलमा घट्दै जाने कहीं कतै नरोकीने घरी घरी कलमको मसि सकिएसँगै सम्पूर्णलाई विश्राम लगाइ दिउ जस्तो लाग्थ्यो, आफैमा तालमेलको कमि थियो । दिलले अन्त्य गर्न खोज्दा दिमागले बाधा पुर्याइरहेको हुन्थ्यो ।

NavarajBasyal

तिम्री ‘खुशी’

गाउँले परिवेशको मान्छे म । शहर बजारको ठूला–ठूला रमझमहरूको खासै पत्तो नभएको कसैले शहरमा यस्तो हुन्छ, उस्तो हुन्छ विदेशमा यस्तो हुन्छभन्दा सुनिरहन मन लाग्ने । अँझ माया प्रेम त्यो पनि किशोरावस्था अनि युवा अवस्थामा हुने प्रेम सम्बन्धका बारेमा त पुरै अनभिज्ञ थिए म । मलाई प्रेम के हो ? प्रेमिका को हुन् थाहा थिएन । अनभिज्ञ थिए यस प्रकारको प्रेमबाट । जीवनको गति समयको मार्गदर्शन अनुसारको रुप रेखामा चल्नु पर्ने पनि आफ्नो ठाउँमा थियो । गाउँले परिवेशमा रमाउदै एस.एल.सी पास गरे । साना–सानामा सुनेको एस.एल.सी पास गरेपछि कलेजमा धेरै पढ्नु पर्दैन रे कलेजमा होमवर्क गर्नु पर्दैन यस्तै–यस्तै । कलेज पढ्ने सुरसार भयो गाउँ मै घर नजिकै कलेज थियो मेरो, तर रोजाइमा शहरको कलेजलाई पारे मैले जुन नयाँ नौलो हुने पक्का थियो मेरो लागि ।