Skip to content

गरिमा आचार्य

अभावपूर्ति

  • by
GarimaAcharya-02

‘गरिमा नानी, तिमी पनि साहित्य लेख्छ्यौँ ?’

काका कुराले मेरो मनमा झड्का दिएको थियो । म जथाभावी लेख्थेँ । कति ठिक लेख्थेँ कति बेठिक लेख्थेँ ।

Read More »अभावपूर्ति

जन्मदिन मनाएँ

  • by
GarimaAcharya-02

घुमिफिरी आएछ एक वर्ष खाएछ
जन्मदिन मेरो रे उपहार पाएछ ।
दु:ख पाएँ भगाएँ सुख जति जोगाएँ
यसै गरी मैले त जन्मदिन मनाएँ ।

Read More »जन्मदिन मनाएँ

तीन मुक्तक (जब तिमी बोल्छौ)

  • by
GarimaAcharya

जब तिमी बोल्छौ त्यसको घाउ वाणभन्दा दर्दनाक लाग्छ
तिम्रो कपट नीति अन्न खाने कीराझैँ खतरनाक लाग्छ ।
कथनी र करणी बेग्लै तिम्रो छेपारे रङ देख्दा मलाई त
थुकेको थुक चाट्नु परेझैँ जीवनभरकै बढता सर्मनाक लाग्छ ।

Read More »तीन मुक्तक (जब तिमी बोल्छौ)
GarimaAcharya-02

नवप्रवेसी सामुदायिक विद्यार्थीको बकपत्र

वि.सं. २०६४ को आशपासमा मैले धरती स्पर्श गर्दा देश संवैधानिक राजतन्त्र त्यागेर गणतन्त्रात्मक मुलुकमा परिणत भएको प्रशव व्यथा आलै रहेछ । दुई शताब्दीभन्दा बढी राजतन्त्रको कथाव्यथा खेप्ताखेप्ता आजित जनता पुनः आफ्नै नेतानेतृको वैयक्तिकस्वार्थको दुष्चक्रमा पस्न पुगेछन् । राजतन्त्रसँगको अधिकारवादी लडाइँले निकास पाइसकेको परिप्रेक्ष्यमा पनि राज्यसञ्चालनमा जनताले अपनत्वको भावना अनुभूत गर्न सकेका रहेनछन् ।

नेपाल वन्दना

नेपाल आमा ! सर्वदा साथ देऊ है मलाई
रूपझैँ आफ्नो सुन्दर पार कुरूप जलाई ।

साथमा तिम्रै नाचेर बढेँ यो प्राण तिम्रै हो
मायाकी खानी दयाकी रानी नाम त तिम्रै हो ।

शिक्षकको खोजीमा भौतारिँदा

म कक्षा–६मा अध्ययनरत् छात्रा हुँ । मैले सम्पूर्ण संसार देखेकी पनि छैन । भोग्नु त परै जाओस्, त्यत्ति सुनेकी पनि छैन । संस्थागत विद्यालयभन्दा बाहिरको कुरा उत्ति साह्रो बुझेकी पनि थिइनँ किनभने मैले निजी विद्यालयबाट नै शिक्षा आर्जन प्रारम्भ गरेँ ।। मैले ए, बी, सी डी….बाट पढ्न सिकेँ । धेरै पछि मात्र क, ख, ग, घ पढ्न जानेँ । मसँग किताबबाट आर्जन गरेका थुप्रै अनुभव छन् तर आफैंले अनुभूत गरेका कुराहरू भने ज्यादै थोरै छन् । सानैदेखि कम्प्युटर चलाउन सिक्न पाइयो । शैक्षिक वातावरण भएको परिवारमा रहेर किताबी ज्ञान लिन पाइयो ।

GarimaAcharya

व्यवस्थापन समिति निर्वाचन

कहिले स्कुलको परिसर नदेखेका अभिभावकसमेत ताउरमाउरका साथ विद्यालयभित्र छिरे । कहिले शिर नझुकाउने जुँगामुठे हजुरबुवा जम्ला हात गरेको गर्यै पाले दाइ उभिने ठाउँमा (गेटमा) खडा छन् । उनी पो पालेका रूपमा त आएनन् ! मनमा कुरा खेल्न थाले । कुरा त्यसो थिएन । उनको सफा र महङ्गो पहिरनले पाले भन्न दिएको थिएन ।