अभावपूर्ति

‘गरिमा नानी, तिमी पनि साहित्य लेख्छ्यौँ ?’
काका कुराले मेरो मनमा झड्का दिएको थियो । म जथाभावी लेख्थेँ । कति ठिक लेख्थेँ कति बेठिक लेख्थेँ ।
Read More »अभावपूर्ति
‘गरिमा नानी, तिमी पनि साहित्य लेख्छ्यौँ ?’
काका कुराले मेरो मनमा झड्का दिएको थियो । म जथाभावी लेख्थेँ । कति ठिक लेख्थेँ कति बेठिक लेख्थेँ ।
Read More »अभावपूर्ति
घुमिफिरी आएछ एक वर्ष खाएछ
जन्मदिन मेरो रे उपहार पाएछ ।
दु:ख पाएँ भगाएँ सुख जति जोगाएँ
यसै गरी मैले त जन्मदिन मनाएँ ।

जब तिमी बोल्छौ त्यसको घाउ वाणभन्दा दर्दनाक लाग्छ
तिम्रो कपट नीति अन्न खाने कीराझैँ खतरनाक लाग्छ ।
कथनी र करणी बेग्लै तिम्रो छेपारे रङ देख्दा मलाई त
थुकेको थुक चाट्नु परेझैँ जीवनभरकै बढता सर्मनाक लाग्छ ।
वि.सं. २०६४ को आशपासमा मैले धरती स्पर्श गर्दा देश संवैधानिक राजतन्त्र त्यागेर गणतन्त्रात्मक मुलुकमा परिणत भएको प्रशव व्यथा आलै रहेछ । दुई शताब्दीभन्दा बढी राजतन्त्रको कथाव्यथा खेप्ताखेप्ता आजित जनता पुनः आफ्नै नेतानेतृको वैयक्तिकस्वार्थको दुष्चक्रमा पस्न पुगेछन् । राजतन्त्रसँगको अधिकारवादी लडाइँले निकास पाइसकेको परिप्रेक्ष्यमा पनि राज्यसञ्चालनमा जनताले अपनत्वको भावना अनुभूत गर्न सकेका रहेनछन् ।
म कक्षा–६मा अध्ययनरत् छात्रा हुँ । मैले सम्पूर्ण संसार देखेकी पनि छैन । भोग्नु त परै जाओस्, त्यत्ति सुनेकी पनि छैन । संस्थागत विद्यालयभन्दा बाहिरको कुरा उत्ति साह्रो बुझेकी पनि थिइनँ किनभने मैले निजी विद्यालयबाट नै शिक्षा आर्जन प्रारम्भ गरेँ ।। मैले ए, बी, सी डी….बाट पढ्न सिकेँ । धेरै पछि मात्र क, ख, ग, घ पढ्न जानेँ । मसँग किताबबाट आर्जन गरेका थुप्रै अनुभव छन् तर आफैंले अनुभूत गरेका कुराहरू भने ज्यादै थोरै छन् । सानैदेखि कम्प्युटर चलाउन सिक्न पाइयो । शैक्षिक वातावरण भएको परिवारमा रहेर किताबी ज्ञान लिन पाइयो ।