Skip to content

तीन मुक्तक (जब तिमी बोल्छौ)

  • by
GarimaAcharya

जब तिमी बोल्छौ त्यसको घाउ वाणभन्दा दर्दनाक लाग्छ
तिम्रो कपट नीति अन्न खाने कीराझैँ खतरनाक लाग्छ ।
कथनी र करणी बेग्लै तिम्रो छेपारे रङ देख्दा मलाई त
थुकेको थुक चाट्नु परेझैँ जीवनभरकै बढता सर्मनाक लाग्छ ।

+++

श्रीमती, भोजन र धनमा सन्तोष मान्न भन्छन् हाम्रा बा
आफू उठेका छौ भने लडेकालाई तान्न भन्छन् हाम्रा बा ।
धर्मको नाममा अन्धो भ्रमले ग्रस्त हुन छाडी हाल् भनेर
धन भए पनि मन नहुनेलाई निर्धन ठान्न भन्छन् हाम्रा बा ।

+++

उत्तर रट्दा रट्दा अघाइसकेको छु हजुर
प्रश्न गर्न सक्ने उम्दा शिक्षा खोजेको छु हजुर ।
जन्मेदेखि अहिलेसम्म जित्न कति उक्साउनुहुन्छ
हारे पनि जीवन चैँ जित्ने शिक्षा चाहेको छु हजुर ।

  • गरिमा आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *