नेपाल आमा ! सर्वदा साथ देऊ है मलाई
रूपझैँ आफ्नो सुन्दर पार कुरूप जलाई ।
साथमा तिम्रै नाचेर बढेँ यो प्राण तिम्रै हो
मायाकी खानी दयाकी रानी नाम त तिम्रै हो ।
नभए तिमी जीवन हाम्रो बेक्कार हुन्थ्यो नि
उदार दिल तिम्रोझैँ भए मलाई पुग्थ्यो नि ।
हरेक जात भएका वर्ग तिमीमै मिलेका
आशिष तिम्रै पाएर सबै शीतलमा रहेका ।
सन्तान तिम्रा नमिले देखि चित्त त दुख्दो हो
लालच त्यागे नेपाल छिट्टै स्वर्गझैँ बन्दो हो ।
गरिमा आचार्य
कक्षा ५, श्रीलिटिल फ्लावर उमावि,
राजविराज–९, सप्तरी ।
गरिमा बेटा तिमीलाई मैले गाली
गरिमा बेटा तिमीलाई मैले गाली गरें है अाज । यत्राे दिन कता हराएकी त अनि ।
पढाइमा व्यस्त भएर होला, नलाआ
पढाइमा व्यस्त भएर होला, नलाआ सरले सफाइ दिनुहुन्छ कि ? 😉
REPLY TO HOM & KUMAR SIR
होम & Kumar सर !
NAMASKAR
गरिमाले लेखेका कुराहरू त धेरै छन् तर मैले नै नपठाएको हो ।
कम्पोज नगरिएकाले नपठाएको हो । जिद्दी गरे मात्र म पनि समय निकाल्छु । नत्र आफ्नै मात्र लोकमा विचरण गरिन्छ ।
बेलाबेलामा हेक्का राख्नु पर्ला ।
हजुरले चासो राखिदिनु भएकोमा हार्दिक धन्यवाद छ ।
—नलाआ
बाबाले अलि जोश निकाल्न पर्यो
बाबाले अलि जोश निकाल्न पर्यो 🙂
बाबाको जोसजोसमै होस गुम्न
बाबाको जोसजोसमै होस गुम्न लागिसक्यो । अब जिल्ला छाडेर नाम्चेतिर पुगिन्छ जस्तो छ । इन्टरनेट सुविधा नभएको ठाउँ रहेछ भने वर्षमा एक दिन मात्र मझेरीसँग भेटघाट होला । जदौ ।।।
नाम्चेमा त इन्टर्नेटको झन
नाम्चेमा त इन्टर्नेटको झन राम्रो सुबिधा छ । जाडोमा बाहिर निस्कन मन लाग्दैन अवश्य, दिनभरि यतै हुन सक्छ ।
खै गरिमा हराइन् । पाउलिन
खै गरिमा हराइन् । पाउलिन लागेकाे बिरुवामा मलजल गराै न प्रभु ।