देवकोटाका निबन्धमा हास्यरसको स्थिति
कुनै पनि साहित्य आनन्दानुभूतिको साधन हो । साहित्यमा रसको आस्वादनको कारणले साहित्यानन्दको प्राप्ति हुन्छ । त्यसैले साहित्यमा रस आस्वादनको मुख्य उद्देश्य आनन्दानुभूति प्राप्त गर्नु हो । आचार्य मम्मटले सम्पूर्ण लौकिक प्रयोजनलाई त्यागेर तत्कालै साहित्य रसास्वादनको अनुभूति प्राप्त भई बाह्य विषयमा छरिएको चित्तलाई बिस्तारै अन्तर्निहित गर्नुलाई आनन्द भनिन्छ भनेर साहित्यानन्दको परिभाषा दिएका छन् ।