कृष्ण प्रसाईं
महासागरको यात्रा
टोकियोबाट सेन्दाइ हुदै ओमोरी पुग्नु थियो आजको यात्रा । समुद्रसंग छुट्टिएको टापु होक्काइडोसम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यस अघि कहिल्यै नगरिएको त्यति ठूलो जहाजको लामो समयको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेको सुबिधा सम्पन्न बससँगै टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं । नभन्दै बस छुटिसकेपछि टोकियो उत्तरतिर पर्ने बिभिन्न ससाना शहरहरु हुँदे सेन्दाईलाई पनि नाघेर हामी ओमोरी पुग्यौं । ओमोरीबाट होक्काइडो टापुस्थित प्रसिद्ध शहर साप्पोरो पुग्न पानी जहाजबाट उत्रिएर पनि बसमा यात्रा गर्नुपर्ने रहेछ । यो अगि्रम जानकारी थियो ट्राभल एजेन्सीको । बेलुका ७ बजेको समय थियो हाम्रो ओमारीबाट पानी जहाज चढ्ने ।
