Skip to content

कहाँ गए होलान् ?

  • by


वर्षा लाग्नु केही अघि
विहान अन्मने वित्तिकै
ह्जारौं हजार जोडी सुगाहरु
विभूको गाउँ पारिको मुग्लानबाट
मेरै घर आँगनको बाटो भएर
लहर मिलाएर आकाशमाथि उडिरहेको सम्झन्छु ।

ती परदेशी पंक्षीहरु
स्वदेशको अनिकाल धान्न
चारो कै खोजीमा भौतारिएर
उत्तरी आकाशतिर उड्ने गर्दथे ।

एकपछि अर्को लर्कोमा उडिरहेका तिनीहरु
साँझ झर्ने बित्तिकै
पुरानै बाटो भएर
मेरो देशको चारोले टन्न अगाएर
त्यही प्रवासी गाउँतिर झर्दर्थे ।

मलाई अझै सम्झना छ
त्यो मेरो पूर्वको विहान
मेरॊ गाउँको गौरवमय विहान
ती हन्जाका हन्जा उड्ने पंक्षीहरु
त्यो स्वच्छ हावासँग बहेको उर्जा
त्यो लालिमा
त्यो उषाको कहिले नबिस्रने उज्यालो
कति भेट्न कोसिस गरे मैले
तर अझैसम्म भेट्न सकिन
ती सब कहाँ गए होलान्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *