कसरी गर्नु युद्ध घामसँग!
प्रकाण्ड ताप
सहश्र शक्तिका
अजश्र ओज

अविरल आगोसँगै
अनन्त योजन अग्लाइको
अग्नि पिण्ड जो छ
सधै तातो भएर बलिरहेछ
माफ पाऊ!
मैले अंश खोजिरहेकै थिइन घामसँग
करोडौ अंशियारको
बराबर अंश भएर
छरिएर
बुडिएर
मेरो टाउकोमा
अ´ै आगो लादिरहेछ

घाम स्वयं
मसंग युद्धगर्न खाज्दैछ ।

म भागिरहेछु
रापको आतंक झेलेर
ओत खाज्न हिडिरहेछु
कुइनेटाहरु
गुफाहरु
अलिकति जोगाउनु छ
छाँद हालेर ।
मात्र बस्ने बासको
मात्र छेलिने छानाको
खोजिमा छु ।

सेप खोज्दै
ताप भन्दा पर कुदिरहेछु ।

यद्यपि पछ््र्रयाइरहेछ ऊ
पोलिरहेछ ऊ
युद्ध गर्ने सहास नै कहा छ र?
घाम सँग
ए ! र कुनै उपाए भए बताइदेउ
म कसरी जोगिन सक्छु?
मैले आफै माया गरेको
मेरो पृय घामसँग ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *