Skip to content

प्रकाश पौडेल जिज्ञासु

E24

“औशी जान्छ पुर्णिमा आउँछ”

मुक्तक : “औशी जान्छ पुर्णिमा आउँछ”
_________________

न त रहरमा आउँछ.., न त खुवीमा आउँछ।
सत्य यहि हो, हरेक चिजको, सिमा आउँछ।
सुखमा नमात्तिनु, दुखमा नि नआत्तिनु प्रिय,
औशी जान्छ, फेरि एकदिन पुर्णिमा आउँछ।
#बुझ्नेले_सही_बुझ्नुपर्यो

__________________

PrakashPoudelJigyashu

शक्ति देऊ

पत्थर जस्तो त्यो मन, पगाल्ने शक्ति देऊ
नत्र याद आइरहने मुहान टाल्ने शक्ति देऊ
मायाको खानी नै छ मसँग, मेरो भगवान
पिरतीको अखण्ड दियो, बाल्ने शक्ति देऊ

म छक्क पर्छु

*******
किन यस्तो हुन्छ, म छक्क पर्छु ।
यी नयन रुन्छ , म छक्क पर्छु ।
*******
एकोहोरिन्छ कहिले मन, बहकिन्छ कहिले,
गजलले मन छुन्छ, म छक्क पर्छु ।
*******
यथार्थमा खुल्दा मन, कल्पनामा डुल्दा मन,
किन तानाबाना बुन्छ, म छक्क पर्छु ।
*******
शब्द आँफै छान्छु, लय आँफै मिलाउँछु,
आफ्नै मनले गुन्छ, म छक्क पर्छु ।
*******
कोहि गर्छन् वा वा, कोहि भन्छन् मिठो गजल,
जब कानले सुन्छ, म छक्क पर्छु ।
*******
साहित्य मन पराउने, भावनामा हराउने,
म जस्तो कुन छ, म छक्क पर्छु ।
*******

मल्याङ्कोटमा हुर्केको मान्छे

दु:ख-पीडा, चोटै चोटमा हुर्केको मान्छे म त ।
गर्व गर्छु मल्याङ्कोटमा हुर्केको मान्छे म त ।

भिर-पाखा, बन-जंगल, ज्यग्दी-खोला तिर्,
यस्तै भौगोलिक बनोटमा हुर्केको मान्छे म त ।

कहिले उकाली कहिले ओराली अर्म-पर्म गर्दै,
यही भाग्यको लेखोटमा हुर्केको मान्छे म त ।

मकै-कोदो, आँटो-ढिडो अनि खोले-सिस्नु खाएर,
खरको छाप्रो, गाई गोठमा हुर्केको मान्छे म त ।

चाहे एक्लै पारुन् मलाई चाहे साथ दिउन् सबैले,
गाउँठाउँ चिनाउने अठोटमा हुर्केको मान्छे म त ।

—>> प्रकाश पौडेल जिज्ञासु ।

उत्कृष्ट पाँच मुक्तकहरु :

कतै हर्ष कतै रोदन त्यो सिन कस्तो होला ।
तिमि बिनाको एक्लो म त्यो छिन कस्तो होला ।
डोलि चडि पराईसँग जान्छौ होला तिमि त. . . . . . .
मेरो जीवनकै कालो त्यो दिन कस्तो होला ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

2.)
भित्रि मन रुँदारुँदै बाहिर रमाएर के गर्छौ।
खुशि छैन मन भने कमाएर के गर्छौ ।
एता छामे रित्तो हुन्छ उता छामे भित्तो. . . . . .
चिसो रातमा सँधै सिरानि समाएर के गर्छौ ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

3.)
एकान्तमा मस्किन्छिन् उनि ।
कोहि देखे झस्किन्छिन् उनि ।

मेरा तीन गजल

कुन्नि___
म मा के रैछ र त्यस्तो कुन्नि,
मलाई सम्झि सम्झि हाँस्छु भन्छिन् ।।

न म कुनै सेलिब्रेटि न त कुनै भगवान. . . . . ,
तै पनि किन किन आफ्नो मन मन्दिरमा मेरै फोटो टाँस्छु भन्छिन ।

मलाई कुनै वास्तै छैन,
तैपनि म्यासेज गर्छिन फोन गर्छिन च्याटपनि गर्छिन. . . . .,
तपाँईसँगै माया प्रिति गाँस्छु भन्छिन् ।।

सके लैजाउ अरे नसके बिदा देउ. . . .
तिम्रो बिकल्प कोहि छैन , बरु प्राण यसै मास्छु भन्छिन् ।।
—->> प्रकाश पौडेल जिज्ञाशु ।

2).सानु____
के बिराम गरेँर मैले दिन रात रुन्छौ सानु ।

सिधा कुरा

सिधा कुरा प्रष्ट बिचार छ,
झुटा गफ दिएर झुलाउनु छैन मलाई ।।

काँडाले घोँच्छ जान्दा जान्दै,
गुलाफकै फुल फुलाउनु छैन मलाई ।।

जे सक्छु त्यै भन्छु, जे भन्छु त्यै गर्छुं,
नानाथरि गफ दिएर सपनामै डुलाउनु छैन मलाई ।।

सधैँ चोट दियौ तिम्ले, तिम्रो साथ कमै पाएँ ,
तिम्रो कुनै गुन सुलाउनु छैन मलाई ।।

तिम्रो ईच्छा जे मन लाग्छ त्यै गर ,
झुटा कसम ख्वाएर भुलाउनु छैन मलाई ।।

—–>प्रकाश पौडेल जिज्ञाशु ।

जिज्ञासुका पाँच मुक्तकहरू

धेरै सोँच्नै पर्दैन, मुक्तक आफै फुर्छ अचेल ।
खै कहाँ छ भण्डार कुन्नि शब्द आफै जुर्छ अचेल ।
गोलपोष्ट एकातिर छ मेरो, बल अर्कातिर गाछ . .. . .
अभागी यो जिन्दगी नै झुर झुर छ अचेल ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

२)
जीवनको नक्सा कोर्नै पर्ने रैछ ।
बाधा र अड्चनहरू फोर्नै पर्ने रैछ ।
अमूल्य जीवन बाँच्नैलाई मात्र भए नि .. . . . .
दुखसुख हात मुख जोर्नै पर्ने रैछ ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

३)
आज नपाएर केही छैन भोलि पाए हुन्थ्यो ।
यसो गर तिम्ले भन्ने, बोली पाए हुन्थ्यो ।