Skip to content

कुन्नि___
म मा के रैछ र त्यस्तो कुन्नि,
मलाई सम्झि सम्झि हाँस्छु भन्छिन् ।।

न म कुनै सेलिब्रेटि न त कुनै भगवान. . . . . ,
तै पनि किन किन आफ्नो मन मन्दिरमा मेरै फोटो टाँस्छु भन्छिन ।

मलाई कुनै वास्तै छैन,
तैपनि म्यासेज गर्छिन फोन गर्छिन च्याटपनि गर्छिन. . . . .,
तपाँईसँगै माया प्रिति गाँस्छु भन्छिन् ।।

सके लैजाउ अरे नसके बिदा देउ. . . .
तिम्रो बिकल्प कोहि छैन , बरु प्राण यसै मास्छु भन्छिन् ।।
—->> प्रकाश पौडेल जिज्ञाशु ।

2).सानु____
के बिराम गरेँर मैले दिन रात रुन्छौ सानु ।
आँशु आँशुँ ले तिम्रो मुहार धुन्छौ सानु ।

तिम्लाई बुझ्न खोज्छु , तिम्लाईनै पुज्न खोज्छु . . . .
र पनि छेक्छौ तिम्ले , जालो किन बुन्छौ सानु ।

मेरो आफ्नो भन्नुनै तिमि. . . .
मेरो बाध्यतालाई नबुझेरै तिमि,
अरुकै कुरा किन सुन्छौ सानु ।।

ज्यान दिएँ जीवन दिएँ,
तिम्ले मागेको पुर्याएकै थिएँ. . . . .
फेरि अब के पाउनलाई पराईनै चुन्छौ सानु ।

निरास देख्छु मैले अचेल मलिन तिम्रो मुहार देख्छु,
किन एकोहोरो हुन्छौ सानु ।।
—->> प्रकाश पौडेल जिज्ञाशु ।

3.)रानिले गर्दा_____
निल्नु न वकल्नु भाछ यो सम्बन्ध मलाई. . . . .
उनको मनभित्रकि अर्कै रानिले गर्दा ,
उनि उतै मस्त हुने बानिले गर्दा ।

अँध्यारै अँध्यारो भाछ जीवन, हर दिन मलाई रात हुन्छ . . .. . . . . .
एक्लै एक्लै मलाई छोडि उनिसँगै जानिले गर्दा ।

म भनि कुरि बस्छु एक्लै खान मनै हुन्न. . . . . . . .
कहिले खान्छु कहिले भोकै बस्न बाध्य छु ,
मेरो कुनै वास्तै नगरि आँफै एक्लै खानिले गर्दा ।

उनकै बन्न खोज्छु , मनका कुरा भन्न खोज्छु. .. . . . . . .
बाङ्गो बाङ्गो बुझ्छन् बाङ्गै सुन्छन् मलाई ,
उनलाई म भन्दा प्यारि अर्कि नानिले गर्दा ।

वाक्क दिक्क प्याक्क लाग्छ मलाई. .
छ महिना सम्मको सम्बन्धमा पनि न घाम न पानिले गर्दा ।

उनको मनभित्रकि अर्कै रानिले गर्दा ।
उनि उतै मस्त हुने बानिले गर्दा ।।
—->> प्रकाश पौडेल जिज्ञाशु ।

3 thoughts on “मेरा तीन गजल”

  1. क्या दामी गजलहरु छन । मलाई त
    क्या दामी गजलहरु छन । मलाई त मन पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *