'आफ्नै डायरीका पानाहरुबाट'
गणतन्त्र
कविता: #गणतन्त्र
म मौन छु आज
गणतन्त्रको शुभकामना
भनिरहदाँ मन नियास्रो पारेर
सोचिरहेछु त्यो अतीत
लागिरहेछ हामीले
बर्बाद गर्यौ एउटा सिङ्गो
त्यो कालखण्ड
समय खेर फाल्यौं
खुट्टा तानिरह्यौँ
हामी,नेपाली
एक अर्काका सधैं
जुझिरह्यौं!
ती सपनाहरू,
आशा र आश्वासनहरु,
बाचा र प्रतिबद्धताहरु,
खै आज कता हराएर गए!
मेरो देशले देखेको सपना,
अनि पलाएको मुना,
चुडिएर गएको छ आज!
कसै-कसैका लागि
अझै भनौं,जो आफू गणतन्त्रका
मालिक हौं झै गरेर
व्यवहार देखाउछन,
हो तिमिहरुले ल्याको गणतन्त्र होइन यो,
यहाँ त हजारौं हजारले बलिदानी दिएका छन
खै त, त्यो बलिदानी को सम्मान !
उ विचरा मजदुर न थियो
सधैं झै डेराबाट
एका बिहानै उ हिड्यो,
केहि पर सडक छेउ पुगेर
यताउता नियाल्छ,
राजाधानीका सडक सधैं व्यस्त हुन्थे
तर आज उ सुनसान देख्छ,
अचम्ममा पर्छ
पुलिस दाईले सिधै कता
हिनेको भनी सोध्छ
था छैन त लाई देशमा
लक डाउन छ हँ,
अनि उ बिचरा
झसङ्ग हुन्छ,
त्यहीँबाट
सिधै डेरा तिर फर्किन्छ
बिचरा उ
ज्याला मजदुरी गरेर
पेट पाल्ने मजदुर न थियोे
अघिल्लो साझ समाचार सुन्नै पाएन
दिनभरि काममा ब्यस्त
साझको थकानले
एक गास खाएर
उ सोझै भोलिपल्टको
कामको कल्पना गर्दै
थकित ज्यानलाई
आराम दिन्थ्यो
यस्तै थियो उस्को दैनिकी,
किनकि उ बिचरा
मजदुर न थियो,
त्यो थकित शरीरबाट
पसिना चुहाएर जब
नयाँ बर्ष
#कविता : #नयाँ_बर्ष
खै त नयाँ पन,
उमङ्ग,उत्साह खै त,
न कतै बस्तीहरुमा खुसी छ,
न राग छ,न रस छ,
न त खुलेका छन रहरहरु,
मन कता-कता पीडामा छ,
उदास छन डाडा काडा,
सुनसान छन मानवबस्तीहरु,
कुडिएका छन मनहरु
भत्किएका छन सपनाहरू
एका-एक मरेका छन आशाहरु
न त बसन्तले नयाँ जोश बोकेको छ,
उल्टै आज जगत सारा रोएको छ,
जिवनका सम्पूर्ण आधारहरु,
भत्किएका छ्न,
बेचैनी छ तनमा,
यताउती हेर्छु मात्र पिर,
अनि ब्यथाहरु मात्रै देख्छु,
बिश्व एउटा पीडाले आक्रान्त छ,
हरेक जन तनावग्रस्त भएका छन,
आशा मारिसकेका छन्
र पनि तिमी आयौं
समय फेरेर नयाँ बर्ष बनेर,
सारा चिज उहीँ ,
समय उहीँ,परिवेश उहीँ,
मेरो प्यारो देश
मेरो प्यारो देश नेपाल
मेचीकली फैलिएको छ …
हिमाल, पहाड, तराई मिली
छरिएको लेक बेशी
आफ्नै रीति तिथि
संस्कृतिमा सजिएको
मेरो प्यारो देश नेपाल
कला, साहित्य, पुरातत्व
आफ्नै
किसिम-किसिमका थरी-थरी
संस्कार छन यहाँ
मिलाएर सेता दन्त लहर
पूर्वदेखि पश्चिमसम्म
उत्तरमा हिमाल हाँस्दै छन
छहरा र पहरासँग लडिबुडी गर्दै
डाफे मुनाल रमाइरहेछन
हरेक बस्ती बस्तीमा
मानव यहाँ
रमाइरहेछन …
आफ्नै आफ्नै संस्कारमा
आहा कति राम्रो
सौन्द्र्यले झकी झकाउ
मेरो सुन्दर नगरी
नेपाल
हो सच्चै मेरो प्यारो भूमि नेपाल
सुन्दर आहा कति रमाइलो
मनै हरर
मेरो प्यारो देश नेपाल
मुटुभन्दा नि प्यारो छ
दुई मुक्तक
कुसल मंगल सोध्ने केवल बहाना मात्र रै’छ
मनका कुरा साट्ने केवल चाहना मात्र रै’छ
जति मिठा बात भए मन गगन नाप्न थाले ‘नी’
हैसियतमा हैसियत तौल्ने केवल चाहना मात्र रै’छ
::::::::::::::::::::::::::::::::::::::::::::;:
रात अझै बाँकी छ बात अझै बाँकी छ
स्वप्निल पलको शौगात अझै बँकी छ !
त्रिषित लोचनको अनुनय पनि सुनन हो
चाँद लुक्नै बाँकी छ आँत झुक्नै बाँकी छ !!!
धाँजा फाट्यो मन भित्र
धाँजा फाट्यो मन भित्र ,
चिरा परि मुटु जल्यो !
प्रकृतिको कहर बर्ष्यो ,
सपनाहरू सबै ढल्यो !!
धर्धराउँदै पृथ्वी काँपी ,
सारा ईतिहाँस देवल ढल्यो !
पहाडका टुप्पी ढले ,
हिमालका आब्रु ढल्यो !
घरका छाना खर्क कान्ला ,
खेतका गरा आली ढल्यो !
कान्छा काका जेठा बा’को ,
सबै घरका पाली ढल्यो !
के उत्पात भयो यहँ … ,
नेपालीको भाग्य ढल्यो !
धाँजा फाट्यो मन भित्र ,
चिरा परि मुटु जल्यो !
प्रकृतिको कहर बर्ष्यो ,
सपनाहरू सबै ढल्यो !!
तिम्रो साथ
सुक्यो डाली गुलाबको, अब कुन फूल फूलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो माया भूलाउने
भन्नलाई त भन्छौ प्रिय, असल जिबनसाथि रोज्नू
दिन त ढल्यो अँधेरीमा, के अर्थ भो जून खोज्नु
दुख्दा अतित आँसुहरु, कस्को सामू खुलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो माया भूलाउने
कथा उस्तै ब्यथा उस्तै, अधुरो छ यात्रा पनि
सम्झनाको घाउहरु, बल्झिरहदा ताजा बनी
तिमी भित्रै कैदी यो मन, अन्तै कता डुलाउने
पाउँदिन म साथ त्यस्तो, तिम्रो साथ भूलाउने
<अनिश्चित यात्री>
प्रबासबाट