उत्कृष्ट पाँच मुक्तकहरु :

कतै हर्ष कतै रोदन त्यो सिन कस्तो होला ।
तिमि बिनाको एक्लो म त्यो छिन कस्तो होला ।
डोलि चडि पराईसँग जान्छौ होला तिमि त. . . . . . .
मेरो जीवनकै कालो त्यो दिन कस्तो होला ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।
2.)
भित्रि मन रुँदारुँदै बाहिर रमाएर के गर्छौ।
खुशि छैन मन भने कमाएर के गर्छौ ।
एता छामे रित्तो हुन्छ उता छामे भित्तो. . . . . .
चिसो रातमा सँधै सिरानि समाएर के गर्छौ ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।
3.)
एकान्तमा मस्किन्छिन् उनि ।
कोहि देखे झस्किन्छिन् उनि ।

कुरा केही महिना अगाडिको मात्र हो, जतिखेर म आफ्नो योवनतामा साउने भेलसरी बगेकी थिए । केबल कसैसँग माया प्रेममा लिप्त भई भोतारिदै दिन रात साझ बिहान प्रतेक क्षण केबल हामी बिचको सम्बन्ध अनि ती वितेका कहाली लाग्ला रातलाई सँम्झिरहेकी छु अनि त्यही प्रतिबिम्बलाई अँगाल्दै बसेकी छु ।