आफ्नै डायरीका पानाहरुबाट

उत्कृष्ट पाँच मुक्तकहरु :

कतै हर्ष कतै रोदन त्यो सिन कस्तो होला ।
तिमि बिनाको एक्लो म त्यो छिन कस्तो होला ।
डोलि चडि पराईसँग जान्छौ होला तिमि त. . . . . . .
मेरो जीवनकै कालो त्यो दिन कस्तो होला ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

2.)
भित्रि मन रुँदारुँदै बाहिर रमाएर के गर्छौ।
खुशि छैन मन भने कमाएर के गर्छौ ।
एता छामे रित्तो हुन्छ उता छामे भित्तो. . . . . .
चिसो रातमा सँधै सिरानि समाएर के गर्छौ ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

3.)
एकान्तमा मस्किन्छिन् उनि ।
कोहि देखे झस्किन्छिन् उनि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरा तीन गजल

कुन्नि___
म मा के रैछ र त्यस्तो कुन्नि,
मलाई सम्झि सम्झि हाँस्छु भन्छिन् ।।

न म कुनै सेलिब्रेटि न त कुनै भगवान. . . . . ,
तै पनि किन किन आफ्नो मन मन्दिरमा मेरै फोटो टाँस्छु भन्छिन ।

मलाई कुनै वास्तै छैन,
तैपनि म्यासेज गर्छिन फोन गर्छिन च्याटपनि गर्छिन. . . . .,
तपाँईसँगै माया प्रिति गाँस्छु भन्छिन् ।।

सके लैजाउ अरे नसके बिदा देउ. . . .
तिम्रो बिकल्प कोहि छैन , बरु प्राण यसै मास्छु भन्छिन् ।।
—->> प्रकाश पौडेल जिज्ञाशु ।

2).सानु____
के बिराम गरेँर मैले दिन रात रुन्छौ सानु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिधा कुरा

सिधा कुरा प्रष्ट बिचार छ,
झुटा गफ दिएर झुलाउनु छैन मलाई ।।

काँडाले घोँच्छ जान्दा जान्दै,
गुलाफकै फुल फुलाउनु छैन मलाई ।।

जे सक्छु त्यै भन्छु, जे भन्छु त्यै गर्छुं,
नानाथरि गफ दिएर सपनामै डुलाउनु छैन मलाई ।।

सधैँ चोट दियौ तिम्ले, तिम्रो साथ कमै पाएँ ,
तिम्रो कुनै गुन सुलाउनु छैन मलाई ।।

तिम्रो ईच्छा जे मन लाग्छ त्यै गर ,
झुटा कसम ख्वाएर भुलाउनु छैन मलाई ।।

—–>प्रकाश पौडेल जिज्ञाशु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिज्ञासुका पाँच मुक्तकहरू

धेरै सोँच्नै पर्दैन, मुक्तक आफै फुर्छ अचेल ।
खै कहाँ छ भण्डार कुन्नि शब्द आफै जुर्छ अचेल ।
गोलपोष्ट एकातिर छ मेरो, बल अर्कातिर गाछ . .. . .
अभागी यो जिन्दगी नै झुर झुर छ अचेल ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

२)
जीवनको नक्सा कोर्नै पर्ने रैछ ।
बाधा र अड्चनहरू फोर्नै पर्ने रैछ ।
अमूल्य जीवन बाँच्नैलाई मात्र भए नि .. . . . .
दुखसुख हात मुख जोर्नै पर्ने रैछ ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

३)
आज नपाएर केही छैन भोलि पाए हुन्थ्यो ।
यसो गर तिम्ले भन्ने, बोली पाए हुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अधुरो प्रेम

कुरा केही महिना अगाडिको मात्र हो, जतिखेर म आफ्नो योवनतामा साउने भेलसरी बगेकी थिए । केबल कसैसँग माया प्रेममा लिप्त भई भोतारिदै दिन रात साझ बिहान प्रतेक क्षण केबल हामी बिचको सम्बन्ध अनि ती वितेका कहाली लाग्ला रातलाई सँम्झिरहेकी छु अनि त्यही प्रतिबिम्बलाई अँगाल्दै बसेकी छु ।

म एक साधारण लेख पढ गरेकी गाउँमा बस्दै गरिकी केटी थिए, जति खेर मेरो उमेर १९ वसन्त पार गरी २० सोँ बर्षे जवानीमा हिनीरहेकी थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हर जुनेली रातहरुमा

हर बासन्ती पालुवामा तिम्रै आभा देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥

लेक – बेंशी, कन्दरामा तिम्रो निश्‍वास जस्तो वतास,
बुकी -फूलको सु-वासना तिम्रै साथ जस्तो आभाष ।
कोइलीले ‘कोहो ! कोहो !’ तिम्रै स्वरमा गाए जस्तो,
इन्द्रेणीले सातै रंग तिम्रै रुपमा पाए जस्तो ॥

हर कोपिला तिम्रै निम्ति फक्रिएको देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥

पहरामा छंगिएकी स्वच्छ, निर्मल, कञ्‍चन झरना,
वन – पाखा हरियाली, तिम्रो मात्र तिम्रो बर्णन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •