तुलाधर विश्वकर्मा

पहाड उठेर आयो उसलाई गाली गर्न

गजल

पहाड उठेर आयो उसलाई गाली गर्न ।
मधेश जुटेर आयो उसलाई गाली गर्न ।।

उ बद्मास भई नितान्त स्वार्थी बनिदिँदा,
असिना फुटेर आयो, उसलाई गाली गर्न ।।

जात–धर्मको खोल ओढी भाई फुटाउन खोज्दा,
तारा नि टुटेर आयो उसलाई गाली गर्न ।।

अन्धभक्त भई कालोलाई सेतो भनिदिँदा,
साँढे नि छुटेर आयो उसलाई गाली गर्न ।।

– खजुराखुर्द १ बाँके, नेपालगन्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्खिएर गइन् उनी

हिजैदेखि अरु कोहीलाई पर्खिएर गइन् उनी
बोल्न खोजेँ आँखा तरी झकिएर गइन् उनी

फूल लिई बसेँ म उनी आउने बाटो कुरी,
बदलामा ढुंगा माटो छर्किएर गइन उनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन, जलेर खरानी भो

गजल

मन, जलेर खरानी भो ।
तन, जलेर खरानी भो ।।

रक्षक भक्षक एउटै भएपछि
वन, जलेर खरानी भो ।।

कहाँ लगाउने थाह नपाउनेको
धन, जलेर खरानी भो ।।

पुज्य घण्टा बनाउने हातको
घन, जलेर खरानी भो ।।
— खजुराखुर्द १, बाँके, नेपालगन्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहानी राम्रो

गजल

आजभन्दा वितेको कहानी राम्रो ।
तिमीभन्दा भरिलो जवानी राम्रो ।।

सुन्दरतामा घमण्ड गर्नै बेकार छ
जीउ डालभन्दा लजाउने बानी राम्रो ।।

फूल दिऊँ त सुक्छ फ्याँकिन्छ पनि
फूलभन्दा मायाको निशानी राम्रो । ।

खहरे सब उस्तै उर्लन्छन् सक्छन्,
खहरेभन्दा झरनाको पानी राम्रो ।।

– खजुराखुर्द १ बाँके, नेपालगन्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिमीसँग चुरा देखेँ

गीत

तिमीसँग चुरा देखेँ, देखेँ पोते पनि ।
छली रहिछ्यौ, ढाँटी रहिछ्यौ मलाई के के भनी ।।

आकाशको जुन झार्ने कसम खाइनँ मैले
जे जे बोले सत्य बोलेँ केई ढाँटिनँ कैले
तिमीसँग औठी देखेँ, देखेँ सिन्दुर पनि
छली रहिछ्यौ, ढाँटी रहिछ्यौ मलाई के के भनी ।।

आफैलाई बिर्सिएर मलाई मक्ख पारौं
ओइली जाने खुशी दिई मलाई जिउँदै मा¥यौं
तिमीसँग पोते देखेँ, देखेँ सिन्दुर पनि
छली रहिछ्यौ, ढाँटी रहिछ्यौ मलाई के के भनी ।।

–खजुराखुर्द १ बाँके, नेपालगन्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •