tuladharbk

मुसादरवार

घर सरेको पहिलो दिनदेखि नै
उसले मलाई मेरो घर
मेरो हुनुको आभास हुन दिएन
दिबार अनि छिँडी
मेरो हुनुको आभास हुन दिएन
एक उन्मत्त हूलसहित
हातेमालो गर्दै
घरमा धावा बोलिरह्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म​लाई हिरो ब​नाउने नि उनी हुन !

म​लाई हिरो ब​नाउने नि उनी हुन
म​लाई जिरो ब​नाउने नि उनी हुन
भुपु मायालुको कुरा सुनाएर​
म​लाई रातोपीरो ब​नाउने नि उनी हुन ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहिले घाम​ कहिले शित्त​ल​ खोजिन्छ​

कहिले घाम​ कहिले शित्त​ल​ खोजिन्छ​
स​धै सुन​ कहिलेकाहि पित्त​ल​ खोजिन्छ​
हात्ती पाले भ​न्नु त​ बेकार​ र​हेछ​,
शिकार​ खेल्न​लाई त​ चित्त​ल​ खोजिन्छ​ ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहिले घाम​ कहिले शित्त​ल​ खोजिन्छ​

कहिले घाम​ कहिले शित्त​ल​ खोजिन्छ​
स​धै सुन​ कहिलेकाहि पित्त​ल​ खोजिन्छ​
हात्ती पाले भ​न्नु त​ बेकार​ र​हेछ​,
शिकार​ खेल्न​लाई त​ चित्त​ल​ खोजिन्छ​ ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म​लाई हिरो ब​नाउने नि उनी हुन !

म​लाई हिरो ब​नाउने नि उनी हुन
म​लाई जिरो ब​नाउने नि उनी हुन
भुपु मायालुको कुरा सुनाएर​
म​लाई रातोपीरो ब​नाउने नि उनी हुन ॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुने जति आफ्ना मान्ने

हुने जति आफ्ना मान्ने मान्छे मान्छे होइनन्
नहुने सब पराई ठान्ने मान्छे मान्छे होइनन्

दुःख पर्दा आफ्ना जति खोजी गुहार्दै हिड्ने,
सुखमा खास खास छान्ने मान्छे मान्छे होइनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुक्तक

मुक्तक
विद्वान, धनी जे भएपनि मान्छे सानो बन्नुपर्छ
खाली भकारी हुनुभन्दा भरीलो मानो बन्नुपर्छ
खुकुरी त चोट मात्रै दिने न हो,
चोट चाख्न खुकुरी होइन अचानो बन्नुपर्छ ।

# जानकी ३ (बाँके)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हामी मान्छे भुलक्कड छौं

हामी मान्छे भुलक्कड छौं मर्छौ भन्ने सोच्दैनौ
चढे शिखर कहिल्यै बेशी झर्छौ भन्ने सोच्दैनौ

विश्वासघाती, पथभ्रष्ट देखिन्छन् अरु सबै,
तर आफू त्यई समूहमा पर्छौ भन्ने सौच्दनौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नाम के हो भन्देऊ न सुन्दरी

कति भयो यहाँ आ’को स्वर्गबाट झरी ।
बास काँ’छ नाम के हो भन्देऊ न सुन्दरी ।।

चन्द्रमा नै मुहारमा टाँसेजस्तो छ नि
धरतीमा नै माया प्रीति गाँसेजस्तो छ नि
आऊ न बसौ बात मारौ पारी वनकी चरी
बास काँ’छ नाम के हो भन्देऊ न सुन्दरी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बादल फटाउँदै जाऔं

छुवाछुतको कालो बादल फटाउँदै जाऔं ।
अन्धरिति, अन्धथिति, हटाउँदै जाऔं ।।

एकताको सिङ्गो माला टुटन् नदिएर
समानताको परम्परा, बसाउँदै जाऔं ।।

मुख्र्याईको काम छैन, अधिकार लिनलाई,
चेतनाको स्वाद अलि चखाउँदै जाऔं ।।

अरुको मुख नताकेर आफै अघिसरि,
होशियारको ढ्याङग्रो पनि ठटाउँदै जाऔं ।।

खजुराखुर्द १ बाँके, नेपालगन्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लडाउनेका दिन छन्

मान्छे मान्छे बीचमा लडाउनेका दिन छन् ।
आफू अघाई बाँकी सडाउनेका दिन छन् ।।

हात जोडेर माग्दै रोइ नकराऊन किन,
ढुङ्गे–मूर्तिलाई भेटी चढाउनेका दिन छन् ।।

जानून या नजानून मतलब छैन कसैलाई,
विद्वान कहलिई पाठ पढाउनेका दिन छन् ।।

मोहजालमा फसाई पारेर मन्त्रमुग्ध,
दाजु–भाई ठगी अंश बढाउनेका दिन छन् ।।

आफ्नो जति राम्रो भएनि थाह छैन,
अर्कैकोमा आँखा गडाउनेका दिन छन् ।।

– खजुराखुर्द १ (बाँके), नेपालगन्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देश मेरै त हो नि

जुन प्रदेश भए पनि देश मेरै त हो नि
टोपी लगाऊ या धोती भेष मेरै त हो नि

फुटाउनेको के लाग्छ र हामी नफुटेपछि,
मधेश–पहाड जहाँ लागे नि ठेस मेरै त हो नि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनको बह फुकाएर

बोलूँभन्दा सकिनँ नि मनको बह फुकाएर ।
खाली हात फर्किए नि ठाडो शिर झुकाएर ।।

आँधी हुरी चलिराछ किन कुन्नि कता कता,
ढाट्नुको त अर्थै छैन वास्तवकिता लुकाएर ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भन्दिनँ म थाकिसकेँ

भन्दिनँ म थाकिसकेँ बस्न देऊ काखैमा ।
दिन्छयौ भने बास देऊ, गाजलु ती आँखैमा ।।

हराएको मान्छे म त आफै खोज्छु भेटिन्छुु
लाग्छ डर तिमलाई नपाई आफैभित्र मेटिन्छु
भन्दिनँ म थकाई मार्छु पारी त्यो पाखैमा
दिन्छयौ भने बास देऊ, गाजलु ती आँखैमा ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोलिको के अर्थ

आज नभए भोलिको के अर्थ ।
तुना नभाको चोलीको के अर्थ ।।

बाजा घन्काउँदै जन्ती आएनि
दुलही हराईन् डोलीको के अर्थ ।।

पानी पर्दा नि कलकल नबग्ने,
सुख्खा बगर–खोलीको के अर्थ ।।

तन सुन्दर, मन पापी भएपछि,
रंग, अबिर– होलीको के अर्थ ।।

माग्दै हिड्ने हालमा छ तुलाधर,
भिक्षा अनुरोध–झोलीको के अर्थ ।।

– खजुराखुर्द १ बाँके, नेपालगन्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •