Skip to content

निष्ठुरी त्यो भूकम्प

TuladharBK


निष्ठुरी त्यो भूकम्पमा घरै हराएछ
वर पिपलसँगै थिए वरै हराएछ

आफू इमान्दार अरु सबै बेइमानहरू,
पानी मिसिई दुधबाट तरै हराएछ

विश्वास छैन, अविश्वासको भरेलीमा,
थोरै भा’को आश अनि भरै हराएछ

हुनेलाई सधैं तीज झकमक गहनाहरू,
नहुनेलाई वर्षदिनको दरै हराएछ

खुट्टा तान्छन् अरुको आफू अघि बढ्न,
चलाखबीच सोझो तुलाधरै हराएछ

–खजुराखर्दु १ बाँके, नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *