Skip to content

मन, जलेर खरानी भो

गजल

मन, जलेर खरानी भो ।
तन, जलेर खरानी भो ।।

रक्षक भक्षक एउटै भएपछि
वन, जलेर खरानी भो ।।

कहाँ लगाउने थाह नपाउनेको
धन, जलेर खरानी भो ।।

पुज्य घण्टा बनाउने हातको
घन, जलेर खरानी भो ।।
— खजुराखुर्द १, बाँके, नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *