हाङ्पाल आङ्बुहाङ
लिम्बुवान पुस्तकालय स्थापनार्थ सहयोग हस्तान्तरण
‘लिम्बुवान पुस्तकालय संस्थापक समुह, सिङ्गापुर’ ले लिम्बुवान अध्ययन केन्द्रलाई ‘लिम्बुवान पुस्तकालय’ स्थापनाको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
२०७३ साल चैत्र ३१ गते अध्ययन केन्द्रको कार्यालय, ललितपुर चुम्लुङ हिममा आयोजित एक कार्यक्रममा अध्ययन केन्द्रका संयोजक अर्जुन लिम्बूलाई संयुक्त रुपमा रुपैयाँ पाँच लाख पाँच रुपैयाँको चेक हस्तान्तरण भएको हो । उक्त कार्यक्रममा लिम्बुवान पुस्तकालय संस्थापक समुह सिंगापुरको तर्फबाट तीन जना सदस्यहरु मान बहादुर कन्दङ्वा, भुपेन तुम्बापो र राजन लाबुङको उपस्थिती रहेको थियो ।
सिंगापुरमा पनि चासोक–तङ्नाम मनाइयो
प्रकृतिपूजक लिम्बू जातिको महान चाड चासोक–तङ्नाम (न्वागी पूजा) सिंगापुरमा पनि धूमधामका साथ मनाइएको छ। हरेक वर्ष झैं यसपालि पनि 2016 December 18 तारिक Tessensohn Community Club ( Civil Service Club) को भवनमा किरात याक्थुङ् चुम्लुङ सिङ्गापुरको आयोजनामा चासोक तङ्नाम भव्य रुपमा सम्पन्न भयो ।
हाल : सिङ्गापुर

