अमरको २८औं कृति सार्वजनिक
राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ ।

राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ ।
युवा कवि रामकृष्ण अनायासले आफ्नो जन्मदिन स्कुले विद्यार्थीहरूसँग मनाएका छन् ।
अमेरिकामा बसोबास गर्ने नेपालका तराईबासीहरुको संस्था ‘एसोसिएसन अफ नेपाल–तरायन इन अमेरिका’ (एन्टा) ले वाशिङ्गटन डिसीबाट ‘विद्यापति समारोह अमेरिका–२०२०’ को आयोजना गर्यो । यो भच्र्युअल समारोहका सहभागीहरुले विद्यापतिलाई ‘मिलेनियम’ कवि भएको जनाउंदै मिथिला/मैथिलीमा उनीबाहेकका अन्य काव्यकारलाई पनि उत्तिकै सम्मान दिनु पर्ने औल्याए । उनीहरुले मैथिली भाषामाथि भईरहेको षडयन्त्रप्रति सचेत रहन सबै सरोकारवालाहरुलाई आग्रह समेत गरे ।
लक्ष्मीप्रसाद देवकोटाका ११२ औं जन्म जयन्तीको अवसरमा लक्ष्मीपूजाको विशेष दिनमा भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
कोरोनाले विश्वभर महामारी रुप लिइरहेको विषम परिस्थितिमा लामो समयपछि अनलाइनको माध्यमद्वारा साहित्यिक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मीप्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गीत, कविता, गजल, मुक्तक जस्ता रचना वाचन गरेका थिए।
(पेशल आचार्य रूचिले लेखक र पेशाले शिक्षक/प्राध्यापक हुनुहुन्छ । वहाँले बाल साहित्यका ९ र प्रौढ साहित्यको १ गरी १० वटा पुस्तकहरूको लेखन गर्नुभएको छ । निजी विद्यालयका कक्षा ५ र ६मा आचार्यले लेखेका कथाहरू पाठ्यक्रममा राखिएका छन् । रामेछाप जिल्लामा करिब ३ दशकसम्म शिक्षण/प्राध्यापन र करिब ४ दशकअघिदेखि पत्रकारिता र लेखन क्षेत्रमा सक्रिय आचार्य यतिखेर राष्ट्रको निर्देशनलाई पूर्ण पालना गरेर आफ्नो निवास ललितपुरमा लक डाउन (बन्दाबन्दी)मा हुनुहुन्छ । लेखन, पठन र सम्पादनमा सक्रिय रहने आचार्यसँगको कोरोना महामारीको परिप्रेक्षमा भलाकुसारी प्रस्तुत छ।)
Read More »भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए – पेशल आचार्य२०७६ साल माघ २८ गते लघुकथा कुनोको नवौँ वर्ष प्रवेशको दिन हो । नेपाली आख्यानमा चर्चित हुँदै गरेको लघुकथा प्रविधाका बारेमा विशेष दक्षता हासिल गर्नुभएका र अहिले पनि नेपाली लघुकथाको उन्नयनमा रातोदिन सक्रिय खेमराज पोखरेलका कथा, कविता, निबन्धबाहेक पाँच थान लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् ।
यो वार्षिकोत्सवका अवसरमा प्रकाशनार्थ आख्यानकार तथा लघुकथा कुनोका एडमिन खेमराज पोखरेलसँग लघुकथाको सेरोफेरोमा रहेर म नन्दलाल आचार्यले एउटा अन्तर्वार्ता तयार गरेको छु । लघुकथा लेख्दै गर्नुभएका लघुकथाकारहरू, लघुकथाका समीक्षकहरू, विवेचकहरू, अनुसन्धाताहरू तथा पाठकहरू यो अन्तर्वार्ताबाट लाभान्वित हुनुभयो भने म पुलकित हुनेछु ।
नेपाली गीत, संगीत र संचार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा राम कार्कीको एरेञ्ज तथा संगीत रहेको “आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन” बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सर्वाधिक पुरस्कार राशी सहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिरहेको कुरा संस्थाको अध्यक्ष कृष्ण विश्वकर्मले बताउनु भयो ।
संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:खसुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोएकै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गर्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत ।
अन्तर्वार्ता डा.कालुराम राईका साथ
अन्तर्वाताकार ः होम सुवेदी
‘ज्ञानगुनका कुरा’ नामक पत्रिकाको लागि सहप्राध्यापक श्री होम सुवेदीद्वारा लिइएको डा. केआर खम्बुको अन्तर्वार्ता
प्रश्न ः खम्बु सर नमस्कार !
उत्तर ः नमस्कार होम सर ।
प्रश्न ः तपाईंलाई म केही प्रश्नहरू सोध्दैछु उत्तरको अपेक्षा गर्दछु !
उत्तर ः धन्यवाद सर ! तर कस्ता प्रश्नहरू र कस्ता विषयमा सोध्नु हुने हो कुन्नि ! जानेको भए जबाफ दिन्छु । हवस् त सर अब सोध्नुहोस् !
प्रश्न ः शेषराज सिवाकोटीले ‘ज्ञानगुनका’ कुरामा तपाईंको बारे विशेषाङ्क निकाल्दै हुनुहुन्छ । यसबारे तपाईंलाई कस्तो लागिरहेको छ ?
सत्र अक्षरमा लेखिने नेपाली साहित्यमा सबैभन्दा छोटो सीमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरी तीन हरफमा, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शब्द रहेको जापानी शैलीको लधुत म विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ”सम्बन्ध सूत्र” संयुक्त हाइकु सङ्ग्रह १७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ ।
प्रदेश सभा सदस्य एवम नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् ।
प्रगतिशील लेखक सङ्घ सप्तरीले महाकवि देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा सप्तरीको कञ्चनरुपमा आयोजना गरेको कार्यक्रममा मण्डलले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हुँदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वर्धन हुँदै गएको धारणा व्यक्त गरे । देवकोटाका सिर्जनाहरू साहित्यका अनुरागीहरुको लागि मार्गदर्शक भएकाले उनका रचनाबाट वर्तमान सात्यिकारहरुले धेरै सिक्न सक्ने मण्डलले चर्चा गरे ।
सम्मान शब्दले आदर, सत्कार गर्नु भन्ने अर्थ राख्दछ । नेपाली शब्दकोश अनुसार सम्मान भन्नाले विशेष मान, ठुलो आदार वा सत्कार, इज्जत, प्रतिष्ठा भन्ने बुझिन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गाउँ, समाज र राष्ट्रका लागि केही गरौं भन्ने सामाजिक भावनाले ओतप्रोत भई निःस्वार्थ रुपमा सामाजिक सेवामा लाग्ने व्यक्ति नै समाजका सम्मानित व्यक्तित्वहरू हुन । यस्ता व्यक्तिहरुलाई समाजले कुनै न कुनै रुपमा सम्मान गरिरहन्छ ।
युएई/सगरमाथा साहित्य प्रतिष्ठानले एक कार्यक्रमका बीच दुई जना साहित्यकर्मीलाई सम्मान गर्ने भएको छ । कार्यक्रम युएईको आबुधाबीमा यही अक्टोबर १८ तारिखमा हुँदैछ ।
सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एब म सञ्चारकर्मी मायामितु न्यौपाने हुनुहुन्छ । कार्यक्रममा भाग लिन न्यौपाने युएई आइसक्नुभएको छ ।
पेआ – यहाँले आफ्नो बाल्यकालका केके कुरा सम्झनुहुन्छ ? ऊ बेला यहाँले भोग्नुभएको बालापन र आजका बालबालिकाले भोगेका बालापनमा केकस्ता पार्थक्य पाउनु भएको छ ?
अको – विराटनगरबाट १६ किलोमीटर टाढा भलुवा भन्ने मधेसी वस्तीमा म जन्मिएको हूँ । बुवा गाउँमा शिक्षक हुनुहुन्थ्यो । आफूसहित गाउँका केही शिक्षित व्यक्ति मिलेर खोलेको उक्त विद्यालयमा उहाँहरूपढाउनु हुन्थ्यो । एकप्रकारले युवा जोशमा समाज परिवर्तन गर्ने उद्देश्य थियो भन्ने अहिले आएर महसुस हुन्छ । हरेक मानिसले युवा अवस्थामा समाज पविर्तन गर्ने उद्देश्य राख्छ । सायद् बुवाको पनि त्यस्तै उद्देश्य हुनुपर्छ ।