लिला बल्लभ नेपाल
शहिद दिवस
मलाई पनि यो देशको
शहिद हुन मन छ,
मेरो नाममा हरेक वर्ष
सार्वजनिक बिदा दिन मन छ,
हे मेरा देशका महाराजाहरु
मलाइ शहिद घोषणा गरिदेउ अनि
लगाइ देउ चिनो क्यालेडरमा
रातो अक्षरले मेरो नामको बिदामा,
अनगिन्ति शहिदको भीडमा म पनि
यो देशको शहिद हुन पाउँ,
अनि लाउन पाउँ थुंगे फुलको माला
मेरो सम्पूर्ण पाप छोपिने गरी मेरो निर्जिब शालिकमा,
करोडौ शहिदको भीडमा मेरो अधिकार दिलाइदेउ,
अनि देउ मेरा नि सन्तानलाइ आरक्षणको अनुभूति,
म पनि यो देशको शहिद हुन पाउ
अनि दिलाउन पाउँ मेरो नामको राजनीतिको
सयौ भोटहरु उपहार स्वरुप तिमीलाई,
अनि बनाउन पाउँ तिमीलाइ यो देशको नायक
मेरो नामको राजनीतिमा मेरो आफ्नै
अतृप्त सुख
आउ प्यारी मधुवन भरिको प्यास हामी सजाउँ
दुनिया भरको सुख सयलमा हामी दुई रमाउँ
रात रानी चिरिबिर चरी तिमी बनी रमाउ
आउ प्यारी एक मन बनी प्यार तिम्ले सजाउ
लम्क तिमी अधर भरिको श्वास लामो लिएर
हामी दुईको सकुसल तनमा बहुवल सजाउ
तिमी आकाश म पृथ्वीको साम्ने भइ हाँसौला
पृथ्वीमा तिमीलाइ तानिए रसरंगमा रमाउँला
हाँसो भित्र पीडा सरि तिमी गुनगुन आवाज सुनाउनु
जिन्दगिको प्रहर मिठो त्यो गुलाब सरी रमाउनु
आउ प्यारी मधुवन भरिको प्यास हामी सजाउँ
दुनिया भरको सुख सयलमा हामी दुई रमाउँ
मनको जोगी कि तनको ………….?
तिमी तनको जोगी कि मनको जोगी ?
म तनको जोगी कि मनको जोगी ?
आफ्नो भोगमा अहंकार गर्छ जो,
अरुको प्रगतिमा इर्श्या गर्छ जो,
तिम्रो खुशीमा तगारो वन्छ जो,
आफ्नो भोगमा भगवानलाई
तिरस्कार गर्छ जो,
त्यही हो सच्चा तनको जोगी,
आफ्नो कर्तब्यमा भगवानको
साथ खोज्छ जो,
तिम्रो प्रगतिमा खुशी साट्छ जो,
त्यही हो सच्चा मनको जोगी,
तनको जोगीले मुख मिठ्याउँछ
उनको सुन्दरता सँग,
मनको जोगीले सहानुभुती राख्छ
उनको सुन्दरताको पीडा सँग,
कमण्डलु बोक्दैमा मनको जोगी
हुइन्न रैछ यहाँ,
जोगी बन्न कमण्डलुनै चाहिन्न यहाँ,
तिमी कि त मनको जोगी
कि त तनको जोगी ।।
विदाइ
एउटा फुलको विदाइ भएछ
बाडुली समेत लागेन मलाइ,
अचानक उसँग छुटेको पल
तिर्शनाले साथ छोडेन मलाइ,
सम्झिन्छु उसको दुरदर्शिता
सम्झिन्छु आत्मिय मधुरता,
बिछोडको काँडानि बिझेन मलाइ
आज बाडुलि समेत लागेन मलाइ,
मित्रताको कोपिला फक्रदै थियो
पबित्र फुलले बासना छर्दै थियो,
अचानक भमराले साथ छोडि जाँदा
गुलावको बासना नी मिठो लागेन मलाइ,
यो दिलले त्यो दिल समात्न नसकेनी
परेलीले धेरै सम्झेको छ उसलाइ,
यो पवित्र मित्रताको फुलवारीले
पबित्र गुलावी माया सजाएको छ उसलाइ
तिमी जहाँ छौ पवित्र वासना छरिरहनु
दुनियाको परेलीमा बास वसिरहनु,
छोटो यो मित्रता सफलताको जादु वनोस
जीवनका हरेक पलमा सफल बनिरहनु ।।
दिलको अटल आवाज
पातहरु फेरिन्छन तर जरा कहिल्यै फेरिदैन
अटल मुटु फेरिन्छ तर दिल कहिल्यै फेरिदैन,
समय सरह मन फेरिन्छ तर भावना फेरिदैन
इच्छा चाहना फेरिन्छन तर धड्कन फेरिदैन,
तामाको मुनाहरु फेरिन्छन तर मिशन फेरिदैन
प्रियशिको मुस्कान फेरिन्छ तर संस्कार फेरिदैन
समय सँगै रुप बैंश फेरिन्छ तर बिगत फेरिदैन
अटल प्रेम फेरिन्छ तर दिलको आवाज फेरिदैन
असल सत्रु
असल मित्र त्यो हो जसले मित्रताको परिभाषा बुझेको हुन्छ
असल सत्रु त्यो हो जसले सत्रुता भित्र मित्रता खोजेको हुन्छ,
तिम्रो असल मित्र भोली तिम्रो असल सत्रु पनि बन्न सक्छ
तिम्रो असल सत्रु भोली तिम्रो असल मित्र पनि बन्न सक्छ,
तिम्रो असल मित्रलेनै तिम्रो हरेक कमजोरी देखेको हुन्छ
तिम्रो हरेक कमजोरीको फाइदा उसलेनै सधै लिएको हुन्छ,
सत्रुबाट हैन तिमिले मित्रबाट पलपल वच्न सिक्नु पर्छ
मित्रताको घेरावन्दि भित्र सत्रुको मित्रता खोज्न सक्नु पर्छ ।
समस्या विहिन मान्छे
शहरमा घर नजिकनजिक हुन्छ
तर मन भने टाढाटाढा हुन्छ
गाउँमा घर टाढाटाढा हुन्छ
तर मनहरु नजिकनजिक हुन्छ
सूर्यले बर्षौसम्म नजलाएको कागज
सानो लेन्सले सेकेण्डमा जलाउँछ
रिस कहिले पो अभिमानी छ र
रिसलाइ उल्टाउँदा सरि पनि हुन्छ
जसको एउटा पनि सत्रु छैन
जो सत्रु छ त्यही मित्र बन्छ
दुनियामा समस्या नभएको को होला
समस्या बिहिन त चितामा पो पुग्छ ।।
अतृप्त माया
जुनतारा झै झिलिमिलि इन्द्रेणीको माया मिठो
जति वर्णन् गरेनी नसक्ने तिम्रो रुपै अनौठो,
पृथ्वीका जनमानहरु तिम्रै गीत गाउँछन्
तस्विर नी हरतरहले छाति भित्र सजाउँछन्,
मौलिक भो रुप् अनौठो मन्दिरझैं सजाउने
तस्बिरनै काफि यहाँ जुनतारानी लजाउने,
भगवानको बरदान पाए तिम्रै तस्विर सजाउँथे
अतृप्त यो मन् बुझाउन तिम्लाइ आफ्नै वनाउँथे ।
दुःख र सुख
ईरादा मनको बलियो बनेर दुःखै मेरो साथी भो
दुखकै सहारा जीबन आज यो हेर मेरो स्वर्ग भो ।।
दुःखै दुःखको जीबन आज लौ अर्थ पूर्ण वन्दछ
संघर्ष के हो लौ जीबनको यहाँ यसैले सिकाउँछ ।।
सुखैं सुख भोग् जीबनमा भए नरक सरी बन्दछ
जीबन कसरी जिउने आजलौ सुखले बिर्षाउँछ ।।
जो सक्छ सहन कष्ट जीबन सफल कहलाउँछ
ईरादा मनको पुरा गरिकन हाँसि खुशी जिउँछ ।।
सुखले जीबन नरक बनाए पछुतो पो बन्दछ
जीन्दगी भरिको सपनाहरु लौ यसैले सिध्याउँछ ।।
सुखी त्यो जीबन कष्ट बनेर नरक समान बन्दछ
स्वास्थ्यको बाधक सुखनै सुखहो सबले बुझ्नु पर्दछ ।।
यस्तो घातक जो छ सजाउँन यहाँ मरिहत्ते गर्दछ
- « Previous
- 1
- 2
- 3
- Next »

कृपया हनुमानजी मेरो देशको सीमानामा